ललितपुर। लुलुगाई, कालीकाँक्रो, जुम्लीमार्शी र जेठो बुढो धानका बीउ संरक्षण गर्न के ले रोक्यो रु

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलवारको बैठकमा अधिकांश सांसद्ले कृषि विज्ञ तथा वैज्ञानिकलाई यो प्रश्न गरेका छन् । लुलुगाई मुस्ताङ, कालीकाँक्रो मोरङ, जुम्लीमार्शी जुम्ला र जेठो बुढो धान कास्कीमा पाइने रैथाने जात र बाली हुन् ।

पछिल्लो समय नेपालमा उन्नत जात ९हाइब्रिड० नाममा बहुराष्ट्रिय कम्पनीका थरीथरी बीउको आयात अनाधिकृत रुपमा बढेपछि रैथाने जातलाई समेत संरक्षण गर्दै उत्पादनमा जोड दिन सांसदले बैठकमा आग्रह गरेका हुन् ।

बैठकमा सांसद्हरु घनश्याम खतिवडा, राजबहादुर बुढा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, सत्यनारायण शर्मा खनालले स्थानीय बीउको मौलिकता जोगाउन विज्ञहरुलाई सुझाव दिएका थिए ।

यसवर्ष गरिमा जातको हाइब्रिड धानको बीउबाट चितवन, रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा, तनहुँ, दाङ, बाँके, र कैलालीमा रोपाइँ गरिएको थियो तर, धानको बाली लाग्ने वर्णशंकर जातको सो धान आयात गरी विक्री वितरण गर्ने कम्पनी वा फर्मलाई नेपालको बीउबिजन ऐन, २०४५ले रू.२५ हजार जरिवाना र आयात अनुमतिपत्र खारेज गर्नसक्ने सम्मको प्रावधान तोकेको छ ।

सो ऐन संशोधन गर्न समितिमा सैद्धान्तिक छलफल भइरहेको छ । नेपालको संविधानले खाद्य सम्प्रभुतालाई सुनिश्चितता गरेको छ ।

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसीले बहराष्ट्रिय कम्पनीको बीउ आयात रहर नभइ बाध्यता भएको जवाफ दिंदै मात्र र गुण दुवै सँगसँगै मिलाएर उत्पादन गर्नुपर्ने बताए ।