हरियो धनियाँ मसलाका रूपमा वा खानालाई सजाउने र सुन्दर देखाउनका साथै अचारको रूपमा पनि प्रयोग गरिन्छ । धनियाँको प्रयोग हामी सकेसम्म यीनै कामका लागी प्रयोग गर्छौ तर यसले स्वास्थ्यमा गर्ने फाइदा बारे भने हामीलाई त्यति ज्ञान छैन् । त्यसैले आउनुहोस आज धनियाँ खेती प्रविधिबारे जानकारी लिऔं।

१. धनिया प्रति रोपनी कति सम्म उत्पादन गर्न सकिन्छ ?

उत्पादन यसको जात र माटोको मलिलोपन तथा सिंचाई आदिमा निर्भर रहन्छ तर औसतमा ५०० देखि ६०० के.जी. हरियो धनियाप्रति रोपनी उत्पादन गर्न सकिन्छ।

२. कति अवधिमा उत्पादन लिन सकिन्छ ?

बीउ उम्रन करिब एक साता लाग्दछ र बीउ उम्रेको महिना दिनमा धनियाको पात खानयोग्य हुन्छ।

३. यस बालीलाई गोडमेल र सिंचाईको कतिको जरुरी पर्दछ ?

बीउ रोपी उम्रेपछि हल्का गोडमेल गर्नु पर्दछ। सिंचाईको हकमा गर्मी याममा ५/५ दिनको फरकमा र जाडो याममा १०/१० दिनको फरकमा सिंचाई गर्नु पर्दछ।

४. कुन समयमा लगायो भने धनियाको राम्रो उत्पादन लिन सकिन्छ ?

तराई क्षेत्रमा आश्विन देखि मंसिरसम्म, मध्य पहाडमा भाद्र देखि माघसम्म र उच्च पहाडमा बाह्रै महिना लगाउन सकिन्छ।

५. कति दूरीमा बीउ रोप्दा बढी उत्पादन लिन सकिन्छ ?

तयारी गरिएको जमिनमा २०/२० से.मि. को दूरीमा ३ से.मि. गहिरोमा बीउ रोप्दा उत्पादन राम्रो हुन्छ।

६.टपड्रेसको रुपमा पनि खाद्य तत्व दिनु जरुरी छ ?

बीउ उम्रेको २० देखि २५ दिनपछि १ के.जी. यूरिया मलले टपड्रेस गरेमा राम्रो उत्पादन लिन सकिन्छ।

७. प्रति रोपनी जमीनमा मलखादको मात्रा कति चाहिन्छ ?

एक रोपनी जमीनको लागि १५०० के.जी. गोवरमल, १ के.जी. नाईट्रोजन, १ के.जी. फोस्फोरस तथा १ के.जी. पोटास जग्गा तयार गर्दा माटोमा हाल्नु पर्दछ।

८.धनिया लगाउने जमीनको तयारी कस्तो हुनु पर्दछ ?

राम्रो बाली उत्पादनका लागि २-३ पटक खनजोत गरी डल्ला फोरी जग्गा सम्याउनु पर्दछ।

९. धनियाको लागि कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?

धनियाको लागि पानी नम्ने प्शस्त प्ङ्गारिक पदार्थ भएको जुनसुकै माटोमा खेती गर्न सिन्छ। यसको लागि माटो को पिएच ६ दखि ७ हुनु पर्दछ।

१०.प्रति रोपनी जमिनमा कति बीउ लाग्दछ ?

बीउको गुणस्तर राम्रो भए ५०० देखि ८०० ग्राम बीउ प्रति रोपनी लाग्दछ।

११.धनिया खेती कतिसम्मको तापक्रममा गर्न सकिन्छ ?

यसको खेती प्रायः ५ डिग्री सेल्सियस देखि ३० डिग्री सेल्सियस सम्मै गर्न सकिन्छ तर १० देखि २० डिग्री सेल्सियसको तापक्रम यसको लागि सबैभन्दा उपयुक्त मानिन्छ।

१२.धनियाको खेती समुद्र सतहबाट कति उचाईसम्म गर्न सकिन्छ ?

धनियाको खेती १००० मिटर देखि ३००० मिटरको उचाईसम्ममा गर्न सकिन्छ।

१३.धनिया कस्तो किसिमको हावापानीमाखेती गरिन्छ ?

धनिया चिसो तथा न्यानो दुबै किसिमको हावापानीमा खेती गर्न सकिन्छ। यसको खेती हिउँद महिनामा तराईमा पनि हुन्छ तर हिउँद, वर्षा दुबैमा चिसो रहनेतर बढी तुषारो हिउँ नपर्ने ठाउँहरुमा बाह्रै महिना खेती गर्न सकिन्छ।