
स्टाइलो बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ । माटो : बलौटे र दोमट माटो उपयुक्त हुन्छ तर चिम्टाइलो माटोमा समेत हुन्छ ।
बीउको मात्रा : ५ देखि १० के.जी. प्रति हेक्टर
बीउ उपचार
· शुरुमा बीउलाई १० प्रतिशतको नून पानीको घोलमा राख्ने र तैरिएका बीउहरू हटाउने ।
· पिँधमा रहेका बीउलाई छहारीमा सुकाउने ।
· १० प्रतिशतको चिनी वा सख्खरको झोलमा १ केजी बीउ बराबर ५० ग्राम राइजोवियम राम्ररी मिसाई २४ घण्टाभित्र छर्ने ।
लगाउने समय : बैशाखदेखि असारसम्म
लगाउने तरिका : हल्का खनेर तयार गरेको जग्गामा बीउ छरी हल्का किसिमले माटोलाई चलाउनुपर्दछ ।
मलखाद : प्रति हेक्टर १० देखि १५ केजी नाइट्रोजन, ५० देखि ६० केजी फोस्फोरस तथा २० देखि ३० केजी पोटास राखेमा उत्पादन राम्रो हुन्छ ।
कटाई तथा उत्पादन :
· लगाएको २ देखि ३ महिनामा पहिलो पटक काट्न सकिन्छ ।
· त्यसको १ देखि १।५ महिनाको अन्तरालमा थप दुई पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन २५ देखि ३० टनसम्म हुन्छ ।
२. मोलासेस
मोलासेस बहुवर्षिय अकोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : ५ देखि ६ के.जी. प्रति हेक्टर
लगाउने समय : बैशाख देखि जेठ पहिलो साताभित्र । असारसम्म पनि लगाउन सकिन्छ ।
लगाउने तरिका : बीउ हल्का हुने भएकोले माटो वा खरानीसँग मिसाएर छर्नुपर्दछ । छरिसकेपछि हल्का माटो चलाएर छोपिदिने ।
कटाई तथा उत्पादन :
· लगाएको ७५ दिनपछि पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३० देखि ३५ टन सम्म हुन्छ ।
३. ज्वाइन्ट भेच
ज्वाइन्ट भेच कोशे घाँस हो । यो एकवर्षिय र बहुवर्षिय दुवै खाले पाइन्छ । समुन्द्री सतहदेखि १२०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : ४ देखि ५ के.जी. प्रति हेक्टर
लगाउने समय : बैशाख देखि असारसम्म
लगाउने तरिका : हल्का खनेर तयार गरेको जग्गामा बीउ छरी हल्का किसिमले माटोलाई चलाउनुपर्दछ ।
मलखाद : खासै आवश्यकता पर्दैन तर राम्रो उत्पादन लिनको लागि प्रति हेक्टर ३० देखि ४० केजी नाइट्रोजन, ५० देखि ६० के.जी. फोस्फोरस राखेमा उत्पादन राम्रो हुन्छ ।
कटाइ तथा उत्पादन :
· लगाएको ७५ दिनपछि पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३५ देखि ४० टन सम्म हुन्छ ।
४. नेपियर
नेपियर बहुवर्षिय अकोशे घाँस हो । झट्ट हेर्दा यो घाँस उखु जस्तै देखिन्छ । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ । खेतका कान्लाहरू र भिरालो जमिनमा लगाई घाँस लिनको अलावा भुक्षय समेत रोक्न सकिन्छ ।
माटो : चिम्टे र सिम जग्गा बाहेक सबै खालको माटोमा लगाउन सकिन्छ । पानी नजम्ने पांगो माटो यसको लागि बढी उपयुक्त हुन्छ ।
कटिङ्ग वा सेट्सको सङ्ख्या : बीउको सट्टा नेपियर कटिङ्ग वा सेट्बाट लगाउने चलन हुन्छ । ३ वटा आख्ला भएको सेट छान्नुपर्दछ । एक हेक्टरको लागि १०,००० देखि १२,५०० जति सेट्स चाहिन्छ ।
लगाउने समय : जेठ, असार लगाइन्छ तर सिँचाईको सुविधा भएको ठाउँमा कात्र्तिक र फागुन महिनामा पनि लगाउन सकिन्छ ।
लगाउने तरिका : राम्रोसँग खनेर तयार गरेको जग्गामा लगाउनु पर्दछ ।
मलखाद : प्रति हेक्टर ५० देखि ८० केजी नाइट्रोजन, ५० के.जी. फोस्फोरस राखेमा उत्पादन राम्रो हुन्छ । यदि कम्पोष्ट मल राख्ने हो भने प्रति हेक्टर २ सय ५० क्विन्टल राख्नु पर्दछ ।
कटाई तथा उत्पादन :
· लगाएको ७५ देखि ९० दिनपछि पहिलो पटक काट्न सकिन्छ ।
· त्यसपछि वर्षामा प्रत्येक ५/६ हप्तामा र हिउँदमा ८/१० हप्तामा काट्न सकिन्छ । वर्षभरिमा ६/८ कटिङ्ग लिन सकिन्छ ।
· प्रति वर्ष प्रति हेक्टर हरियो घाँस उत्पादन १५०० देखि २५०० टनसम्म हुन्छ ।
· एकपटक लगाएपछि ५/६ वर्षसम्म राम्रो उत्पादन लिन सकिन्छ ।
५. अमृसो
अमृसो बहुवर्षिय अकोशे घाँस हो । समुन्द्री सतहदेखि २५०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । खेतका कान्लाहरू र भिरालो जमिनमा लगाई घाँस लिनको हलावा भुक्षयसमेत रोक्न सकिन्छ । यसबाट कुचो उत्पादन हुने भएकाले नगदे बालीको रुपमा समेत प्रख्यात छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ । तर बलौटे दोमट माटो यसको लागि बढी उपयुक्त हुन्छ ।
बेर्नाको तयारी : प्राय अमृसो गानोबाट सार्ने चलन छ । गानो सहितको बेर्नालाई पोलिथिन ब्यागमा माटो, बालुवा र मल १.२.१ का दरले राखी रोप्नुपर्दछ । यसरी रोपेको ३ महिनामा नयाँ पालुवा पलाई अर्को बारीमा सार्ने समय हुन्छ ।
लगाउने समय : जेठ देखि साउन सम्ममा लगाइन्छ ।
लगाउने तरिका : ३० घन सेमीको खाडल खन्ने र समतल भूभागमा १६०० बिरुवा प्रति हेक्टरका दरले र भिरालो क्षेत्रमा २५०० देखि ४००० बिरुवा प्रति हेक्टरका दरले लगाउन सकिन्छ ।
कटाई तथा उत्पादन :
· अम्रिसो घाँसको झुप्पामा फूलेको फूल छिप्पिएपछि काट्न सकिन्छ । प्राय पुसपछि काटिन्छ ।
· त्यसपछि वर्षामा प्रत्येक ५/६ हप्तामा र हिउँदमा ८/१० हप्तामा काट्न सकिन्छ । वर्षभरिमा ६ देखि ८ काट्न सकिन्छ ।
· प्रति वर्ष प्रति हेक्टर हरियो घाँस उत्पादन ४० देखि ६० टनसम्म हुन्छ ।
· एकपटक लगाएपछि ४ देखि ५ वर्षसम्म राम्रो उत्पादन लिन सकिन्छ ।
६. जै
जै एक महत्वपूर्ण हिउँदे अकोशे घाँस हो । यो घाँस नेपालको तराईदेखि उच्च पहाडसम्म खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ । तर पाँगो माटो सबैभन्दा उपयुक्त हुन्छ ।
बीउको मात्रा : १०० देखि १२० के.जी. प्रति हेक्टर ।
लगाउने समय : तराई र मध्य पहाडमा असोज, कात्तिक महिना र उच्च पहाडी क्षेत्रमा चैत, बैशाखमा लगाउन सकिन्छ ।
लगाउने तरिका : जमीनलाई खनजोत गरी माटो बुर्बुराउँदो हुने गरी तयार गर्ने र बीउ छर्दा ५/६ सेमी भन्दा गहिरो नहुने गरी एक लाइनदेखि अर्को लाइनको फरक २० देखि २५ सेमी राखी छर्ने ।
कटाई तथा उत्पादन :
· लगाएको ६० दिनपछि पहिलो पटक काट्न सकिन्छ । ३ पटकसम्म काटी पुसदेखि चैत महिनासम्म उत्पादन लिन सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३० देखि ५० टनसम्म हुन्छ ।
७. वर्षिम
वर्षिम एकवर्षिय हिउँदे कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : चिम्टे पाँगो माटो उपयुक्त हुन्छ । पानी जम्ने र अम्लिय माटो राम्रो हुंदैन ।
बीउको मात्रा : २० देखि २५ के.जी. प्रति हेक्टर
बीउ उपचार
· १ लिटर पानीमा १०० ग्राम सखर वा चिनी पानी मिसाई तयार गरेको घोललाई चिपचिपाहट आउँदासम्म उमाल्ने ।
· उक्त घोललाई सेलाउन दिने ।
· बीउ र इनाकुलम राम्रोसँग मिसाई छहारीमा २९३ घण्टासम्म सुकाउने ।
· बीउमा इनाकुलम लगाएको २४ घण्टाभित्र बीउ छरिसक्नुपर्दछ ।
लगाउने समय : असोज देखि कात्तिकसम्म
लगाउने तरिका : खनजोत गरी बुर्बुराउदो बनाईएको जग्गामा बीउ छरी हल्का किसिमले माटोलाई चलाउनु पर्दछ । हिल्याएको खेतमा अझ उपयुक्त हुन्छ ।
मलखाद : जग्गा तयार गर्दा प्रति हेक्टर २५ केजी नाइट्रोजन, ५०–६० केजी फोस्फोरस तथा २०–३० केजी पोटास राखेमा उत्पादन राम्रो हुन्छ ।
कटाई तथा उत्पादन :
· लगाएको ५० देखि ६० दिनमा पहिलो पटक काट्न सकिन्छ ।
· त्यसको ३ देखि ४ हप्ताको अन्तरालमा ७ देखि ८ पटकसम्म काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ७० देखि ८० टनसम्म हुन्छ ।
· प्रति हेक्टर ५०० देखि ७०० केजीसम्म बीउ उत्पादन हुन्छ ।
८. टियोसेन्टी
टियोसेन्टी एकवर्षिय अकोशे घाँस हो । यो उष्ण तथा समशीतोष्ण हावापानीमा भएका स्थानहरूमा उपयुक्त हुन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ । तर पानी जम्ने ठाउँमा हुंदैन ।
बीउको मात्रा : ३५ देखि ४० केजी प्रति हेक्टर
लगाउने समय : सिँचाई सुविधा भएका ठाउँमा चैत्र बैशाखमा र सिँचाई नभएका ठाउँमा जेठ असारतिर लगाउन सकिन्छ ।
लगाउने तरिका : खनजोत गरी बुर्बुराउदो बनाइएको जग्गामा छर्ने ।
कटाई तथा उत्पादन
· लगाएको ६ देखि ८ हप्तामा पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३० देखि ४० टन सम्म हुन्छ ।
९. भटमासे
भटमासे बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि २००० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : ४० देखि ५० केजी प्रति हेक्टर ।
लगाउने समय : जेठदेखि असारसम्म लगाउन सकिन्छ ।
लगाउने तरिका : खनजोत गरी तयार गरिएको जग्गामा बीउ छरी लगाउन सकिन्छ ।
मलखाद स् खासै आवश्यकता पर्दैन तर राम्रो उत्पादन लिनको लागि प्रति हेक्टर ५० केजी फोस्फोरस र ५० केजी पोटास राखेमा उत्पादन राम्रो हुन्छ ।
कटाइ तथा उत्पादन :
· लगाएको २ देखि ३ महिनामा पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३० देखि ४० टनसम्म हुन्छ ।
· प्रति हेक्टर १ सय २५ देखि २०० केजी बीउ उत्पादन हुन्छ ।
१०. बोडी (काउपी)
काउपी एकवर्षीय कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : दोमट माटो राम्रो हुने भएता पनि धेरै खालकोे माटोमा लगाउन सकिन्छ । तर पानी जम्ने ठाउँमा त्यति हुनसक्दैन ।
बीउको मात्रा : २० देखि २५ केजी प्रति हेक्टर
लगाउने समय : भदौ देखि कात्तिकसम्म
लगाउने तरिका : खनजोत गरी बुर्बुराउदो बनाइएको जग्गामा छर्ने ।
कटाई तथा उत्पादन :
· लगाएको २ महिनापछि पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ८ देखि १० टनसम्म हुन्छ ।
· प्रति हेक्टर बीउ उत्पादन २५० देखि ४०० टनसम्म हुन्छ ।
११. बदामे घाँस
बदामे घाँस बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि १४०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : दोमट र चिम्टाइलो माटोमा राम्रो हुने भएता पनि सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : १० देखि ३० केजी प्रति हेक्टर । यसलाई कटिङ्गबाट पनि लगाउन सकिन्छ । कटिङ्गबाट लगाउँदा प्रति हेक्टर १०,००० कटिङ्ग चाहिन्छ । कटिङ्ग छान्दा तीनवटा आँख्ला भएको छान्नुपर्दछ ।
लगाउने समय: असार साउनसम्म लगाउन उपयुक्त हुन्छ । तर चिस्यान भएको जग्गामा जुनसुकै समयमा लगाउन सकिन्छ ।
लगाउने तरिका : खनजोत गरी तयार गरिएको जग्गामा बीउ छरी लगाउन सकिन्छ । कटिङ्गबाट लगाउने हो भने १र१ मिटरको फरकमा लाइन राखी ६० सेन्टिमिटरको फरकमा ५ देखि ७ सेमी गहिरो गरी कटिङ्ग रोप्नुपर्दछ ।
मलखाद : प्रति हेक्टर १ देखि २ टन गोबर वा कम्पोष्ट मल प्रयोग गर्न राम्रो हुन्छ ।
कटाई तथा उत्पादन :
· लगाएको २ देखि ३ महिनामा पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर सुख्खा पदार्थको उत्पादन ५ देखि ६ टनसम्म हुन्छ ।
· प्रति हेक्टर १००० केजीसम्म बीउ उत्पादन हुन्छ ।
मुख्य मुख्य घाँसको उत्पादन सम्बन्धी विवरण :
क्र.सं. | घाँसको नाम | लगाउने महिना | आवश्यक बीउ प्रति हेक्टर (के.जी) | बीउ सङ्कलन गरिने महिना |
(क) उच्च पहाड | ||||
१. | राई घाँस | असोज | १५–२० | चैत्र–बैशाख |
२. | रातो क्लोभर | असोज–बैशाख | ४–८ | चैत्र–असोज |
३. | सेतो क्लोभर | असोज–बैशाख | २–४ | चैत्र–असोज |
५. | कोते | बैशाख–जेठ | १५ –२० | मंसीर |
६. | टिमोथी | असोज | १० | असोज–कात्तिक |
(ख) मध्य पहाड | ||||
१. | मकै | फागुन–चैत्र | ४०–५० | साउन–भदौ |
२. | टियोसेन्टी | फागुन–चैत्र | ३०–४० | साउन–भदौ |
३. | जै | असोज | ८०–१०० | बैशाख–जेठ |
४. | नेपियर (सेट) | जेठ–असार | १० हजार सेट | जेठ–असार |
५. | सेटेरिया | असार | २० | मंसीर |
६. | पेरेनियल राई घाँस | असोज | १५ –२० | चैत्र–बैशाख |
७. | ज्वाईन्ट भेच | फागुन | १ –३ | जेठ–असार |
८. | भेच | असोज–कात्तिक | ३०–३५ | चैत्र–बैशाख |
९. | डेस्मोडियम | फागुन–चैत्र | १ –३ | असोज–कार्तिक |
(ग) तराई | ||||
१. | ज्वार | फागुन–असार | ४०–५० | भाद्र–असोज |
२. | बाजरा | फागुन–असोज | १० –१२ | भाद्र–असोज |
३. | मकै | फागुन | ४०–५० | साउन–भदौ |
४. | जै | आश्विन | ८०–१०० | बैशाख–जेठ |
५. | नेपियर (सेट) | असार | १० हजार | बैशाख–जेठ |
६. | वर्सिम | असोज | २५ | चैत्र–बैशाख |
७. | लुसर्न | असोज | १५ –२० | फागुन–जेठ |
८. | पास्पालम | जेठ–असार | ४–६ | असोज–कात्तिक |
९. | ज्वाईन्ट भेच | फागुन | १ –३ | जेठ–असार |
१०. | सिराट्रो | असार | ३–४ | मंसीर |
११. | स्टाइलो | असार | २–५ | मंसीर |
१२. | मोलासेस | असार | ५ | मंसीर |
१३. | टियोसेन्टी | फागुन | २०–४० | भदौ |
१४. | सेटारिया | असार | २० | मंसीर |
१५. | डेस्मोडियम | फागुन | २–३ | असोज–कार्तिक |
सोत्र : पशुपालनका लागि घाँस खेतीबाट