ललितपुर। तिहारको मौका छोपी गैह्र पुष्प व्यवसायीले नेपाली पुष्प व्यवसायनै धरासायी पार्ने गरी लाखौं माला भारतीय बजारबाट अबैद्य तबरले नेपाल भित्राएको पाईएको छ । शनिबार नेपाल फ्लोरीकल्चर एशोसिएसन नेपाल र कृषकहरुको संयुक्त टोलिले बालाजु औद्योगिक क्षेत्रभित्र अनुगमन गर्दा करोडौं मूल्य पर्ने माला लुकाई राखेको अवश्थामा फेला पारेको हो ।
शनिबार एशोसिएसले आयातित सयपत्री फूलको माला बिरुद्ध ¥याली आयोजना गरेको थियो । सोही क्रममा बालाजु पुगेको एशोसिएसनको टोलिले बालाजु औद्योगिक क्षेत्र भित्र उक्त परिणमको भारतीय बजारबाट आयातित माला स्टोर गरी राखिएको भेटाएको हो ।
यसैबीच फ्लोरी कल्चर एशोसीएसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजु श्रेष्ठले अबैद्य तरिकारले आएको फूलबारे सरकारी निकायससँग आग्रह गर्दा कुनै चासो नदेखाएका बताए । “सरोकारवाला निकायसँग आग्रह गरेका हौं । तर कसैले चासो देखाएन । त्यसैले पुष्प व्यवसायीहरुको अधिकारीका लागि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको हो,” उनले भने ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्लान्ट क्वारेन्टाइन विभाग, राजश्व तथा अनुसन्धान विभाग, भन्सार विभाग, बाणिज्य विभागलाई पत्राचार गर्दा पनि कुनै पनि निकायले छानविन नगरेको नेपाली पुष्प व्यवसायीको गुनासो छ ।
फूलको माग र कारोबार :
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार गत आर्थिक वर्षमा २ अर्व ४२ करोड बराबरको पुष्प जन्य उत्पादनको कारोबार भएको थियो । त्यस्तै फुलको माग बर्सेनि १०–१५ प्रतिशत र राष्ट्रिय उत्पादन ७ देखि ८ प्रतिशतले बढिरहेको फ्यानको दावी छ । माग बढ्दै जाँदा त्यसको आपूर्ति गर्न स्वदेशमै उत्पादन बढाउन फ्यानले पाँच वर्षे योजना नै बनाएर लागू गरेको छ । “तिहारमा सयपत्री, प्रेम दिवसमा गुलाब र सिजनअनुसार फुलको माग बढिरहेको छ भने अर्कोतिर वर्षभरी नै फुलको माग भइ नै रहन्छ,” फ्यानका महासचिव विश्वमणि पोखेरल भन्छन्, “माग र उत्पादन बढेसँगै पुष्प क्षेत्रको कारोबार पनि बर्सेनि बढिरहेको छ, हामी आगामी दुई वर्षभित्र आत्मनिर्भर हुने गरि योजना बनाएर अगाडि बढिरहेका छौं ।”
सरकारी तथ्यांक :
तथ्यांक विभागले व्यवसायीक पुष्पखेतीको २०७२ शालमा सर्वेक्षण गरेको थियो । पुष्पखेती सर्वेक्षण २०७२ का अनुसार मुलुकभर ३६ जिल्लामा ५६१ वटा व्यवसायिले पुष्पखेती संचालन गर्दै आएका छन्। त्यसयता जिल्ला र व्यवसायी समेत बढ्दो क्रममा छन् । संख्यात्मक हिसावले पुष्पखेती गरिने प्रमुख ५ जिल्लाहरूमा काठमाण्डौ पहिलो मानिन्छ । काठमाडौंमा २८३ स्थानमा पुष्प खेति हुने गरेको छ भने ललितपुरमा ४०, मोरङ्गमा २३, कास्कीमा २२ र भक्तपुरमा २० रहेको छन् ।
तिहारमा मालाको माग :
यस वर्षको तिहारमा गत वर्षभन्दा आठ लाख बढी फूलको माला खपत हुने पुष्प व्यवसायीको भनाई छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । यस वर्षको तिहारमा खपत हुने मालामध्ये २ लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने र बाँकी अन्य सबै स्वदेशी उत्पादनले नै पुग्ने पुष्प व्यवसायीको भनाई छ।
तर,
नेपाली फूल बजारमा नआउँदैं कालिमाटी बजारका एक व्यवसायीको नेतृत्वमा भैरहवा नाका हुँदैं तिहारको एक हप्ता अघिनै ठूलो परिमाणमा भित्रिएको भारतीय सयपत्री फूलको माला काठमाडमौं खुलेआम बिक्रि भैरहेको छ । जसको सूचना सरकारी निकाएमा पुष्प व्यवसयीले बजारमा माला आउनु अघिनै पु¥याएका थिए । उत्पादन गरेर बजार लैजाने बेला भारतीय उत्पादनको प्रवेश गराएर नेपाली बजार कब्जा गर्ने प्रवितिले नेपाली किसान, व्यवसायीले कति दिन थेग्न, टिक्न सक्लान यो भने सोच्नै पर्ला ?









