रुकुम पश्चिम। पशु अस्पताल तथा पशु सेवा कार्यलय रुकुम पश्चिमले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत अनुदानका विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । कार्यलयले मिति २०७६ / ७ / ७ गते सूचना प्रकाशित गरि कार्यक्रममा समावेश हुन स्थानीय तह, कृषक समूह, कृषि सहकारी, कम्पनीलाई आव्हान गरेको हो ।
कार्यलयले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. पशु सेवा केन्द्र निर्माण तथा संचालन , सहयोग रकम , २०,००,०००
२. पुश बधशाला निर्माण तथा संचालन , सहयोग रकम , २५ ,००,०००


संचालन हुने कार्यक्रमहरु :
१. दुग्ध प्रर्वद्धन कार्यक्रम , संख्या ३ , सहयोग रकम – २,००,००,०००
२. दुग्ध चिस्यान केन्द्र स्थापना तथा संचालन , संख्या २, सहयोग रकम – २, ००,००,०००
थप जानकारीको लागि : ०८८ – ५३००१०










