धादिङ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङले आर्थिक वर्ष ७६ / ७७ मा जिल्ला भित्र संचालन हुने विभिन्न कृषि तथा पशुपन्छीं अनुदानका कार्यक्रमा समावेश हुन आव्हान गरेको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित भएको ३० दिन भित्र आवेदन दिन सक्ने जनाएको छ । कार्यक्रममा कृषि सहकारी , समूह, उद्यमी , निजी क्षेत्र सहभागी हुन सक्ने केन्द्रले जनाएको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. पशुपन्छीं नमुना फर्म विकास तथा विस्तार कार्यक्रम
२. व्यसायीक गाई ,भैंसी पालन प्रर्वद्धन गोठ निर्माणमा अनुदान
३. व्यवसायीक बाख्रापालन प्रर्वद्धन खोर निर्माण अनुदान
४. मत्स्यपालन क्षेत्र विस्तार कार्यक्रम अनुदान
५. पशुपन्छीं गोठ खोर÷ मत्स्य पोखरी सुधारमा अनुदान
६. पशुपालक कृषकहरुलाई पशु आहार पेलेट फिड व्लक / साइलेज मा ५० प्रतिशत अनुदान
७. मोटर सहितको च्यापकटर वितरण










