गुल्मी। कृषि विकास शाखा गुल्मी धुर्कोटले धुर्कोट गाउँपालिकालको वार्षिक स्वीकृत कार्यक्रम अनुशार विभिन्न शिर्षकमा अनुदान प्रदान गर्ने भएको छ । गाउँपालिकाको कृषि विकास कार्यक्रमबाट अनुदान नपाएका ईच्छुक कृषक समुह, कृषि सहकारी तथा कृषि फर्महरुले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र अनुदानको लागि आव्हान गर्न सक्नेछन् ।

संचालन हुने कार्यक्रमहरु :
१. साना सिंचाई
२. भकारो सुधार
३. मिनिटिलर वितरण (५० प्रतिशत अनुदान )
४. कर्नसेलर वितरण ( मकै छोडाउने मेसिन) (५० प्रतिशत अनुदान )
५. गोला सहितको मौरी घार वितरण (५० प्रतिशत अनुदान )
६. फर्म अनुदान

सूचना प्रकाशित भएको मिति : २०७६ /०६/ २८