ललितपुर। गुल्मी धुर्कोट गाउँपालिका पशु विकास साखाले किसान लक्षित विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । आर्थिक वर्ष ७६ /७७ को स्वीकृत कार्यक्रम अनुशार पशु विकास शाखाले ईच्छुक कृषक, कृषि सहकारी, फर्मसंग सूचना प्रकाशित गरि आवेदन माग गरेको हो ।

संचालन हुने कार्यक्रमहरु :
१. बाख्रा पालन फर्म सुधार (साना किसानको लागि)
२. गाई भैंसी सुधार कार्यक्रम
३. मासु पसल सुधार
४. धाँसे बाली नर्सरी स्थापना
५. लेर्यस कुखुरा खोर निर्माण
६. स्थानिय कुखुराको लागि खोर सुधार

सुचना प्रकाशित मिति : २०७६/०६ /२८

फर्म भर्ने अन्तिम मिति : सूचना प्रकाशित भएको ३० दिन भित्र ।