जलेश्वर। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महोत्तरीले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ ।

महोत्तरी जिल्लाका सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाका साथ कृषि समिति, कृषि सहकारी, निजी फर्म का साथै कृषि उद्यमीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्रस्तावना आव्हान गर्न सक्ने केन्द्रले जनाएको छ ।

संचालन गरिने कार्यक्रमहरु :
१. सामाजिक रुपमा पिछडिएका साना कृषक तथा विपन्न किसान वर्गका लागि विशेष बाख्रा पालन कार्यक्रम ।
२. एकल महिलाको जीविकोपार्जनको लागि गाई,भैंसी पालन कार्यक्रम ।
३. युवा लक्षित कुखुरा, हाँस प्रर्वद्धन कार्यक्रम ।
४. युवा लक्षित बाख्रा प्रर्वद्धन कार्यक्रम ।
५. युवा लक्षित गाई, भैंसी प्रर्वद्धन कार्यक्रम ।
६. माछा बजारको पूर्वाधार निर्माण तथा सुदृढिकरण ।
७. स्वच्छ तथा स्वस्थ्य मासु विक्रि वितरणका लागि मासु पसलहरुको पूर्वाधार स्त्तरोन्नती अनुदान कार्यक्रम ।

सूचना प्रकाशित मिति : २०७६ /०६ /२५