नेपालमा सागपातमध्ये चम्सुर निकै प्रचलित छ । यसको पौस्टिक महत्त्व र चाडै बाली तयार हुने कारणले गर्दा यो प्रचलित भएको हो । यसमा क्याल्सियम , फलाम , भिटामीन ए र सि र प्रोटिन प्रचुर मात्रामा पाइन्छ । यसको खेती प्रायः सवै प्रकारको माटोमा गर्न सकिन्छ तर प्राङ्गारिक पदार्थ प्रशस्त भएको मलिलो दोमट माटो सबैभन्दा उपयुक्त मानिन्छ।

हावापानी :

चम्सुरका लागि चिसो हावापानीको आवश्यकता पर्छ । यसकारण नेपालमा यसको खेती हिउँदमा गर्नुपर्छ । तापनि काठमान्डौ उपत्यका या पहाड अथवा चिसो ठाँउमा यसको खेती बाह्रै महीना गर्न सकिन्छ ।

माटो :

यसको खेती प्रायः सवै प्रकारको माटोमा गर्न सकिन्छ तर प्राङ्गारिक पदार्थ प्रशस्त भएको मलिलो दोमट माटो सबैभन्दा उपयुक्त मानिन्छ।

जातहरु :

चम्सुरका उन्नत जातहरु भन्दा पनि आफ्नै स्थानिय जात यहाँको हावापानी माटोमा राम्रो फल दिई रहेको छ। काठमाण्डौ लोकल जात नै खानमा स्वादिलो र सबैले मन पराउने जात बनेको छ।

बीउ प्रति रोपनी जमिनमा कतिसम्म लाग्दछ ?

बीउको गुणस्तर राम्रो भएको चम्सुर ४०० देखि ५०० ग्राम प्रति रोपनी लाग्दछ।

चम्सुर लगाउने जमीनको तयारी कस्तो हुनु पर्दछ ?

राम्रो बाली उत्पादनका लागि २/३ पटक खनजोत गरी डल्ला फोरी जग्गा सम्याउनु पर्दछ।

प्रति रोपनी जमीनमा मलखादको मात्रा कति चाहिन्छ ?

एक रोपनी जमीनको लागि ५०० दरेखि ८०० के.जी. गोवरमल, २ के.जी. नाईट्रोजन, २ के.जी. फोस्फोरस तथा २ के.जी.पोटास जग्गा तयार गर्दा माटोमा हाल्नु पर्दछ।

टपड्रेसको रुपमा पनि खाद्य तत्व दिनु जरुरी छ ?

बीउ उम्रेको २० देखि २५ दिनपछि १ के.जी.यूरिया मलले टपड्रेस गरेमा राम्रो उत्पादन लिन सकिन्छ।

कति दूरीमा बीउ रोप्दा बढी उत्पादन लिन सकिन्छ ?

तयारी गरिएको जमिनमा हार देखि हारको दूरी१० से.मि. र वोट देखि वोटको दूरी ३ से.मि. मा बीउ रोप्दा उत्पादन राम्रो हुन्छ।

कुन समयमा लगायो भने राम्रो उत्पादन लिन सकिन्छ ?

तराई क्षेत्रमा आश्विन देखि मंसिरसम्म, मध्य पहाडमा भाद्र देखि माघसम्म र उच्च पहाडमा बाह्रै महिना लगाउन सकिन्छ।

गोडमेल र सिंचाईको कतिको जरुरी पर्दछ ?

यो छोटो अवधिको बाली भएकोले सिंचाईको निकै कम आवश्यकता पर्दछ। बाली अवधि भरमा १९२ पटकको गोडाई र २९३ पटकसम्म सिंचाईको आवश्यकता पर्दछ।

कति अवधिमा उत्पादन लिन सकिन्छ :

बीउ रोपेको ३० देखि ३५ दिनमा उत्पादन लिन शुरु हुन्छ र ४० देखि ४५ दिनमा पूरै बाली लिन सकिन्छ।

चम्सुर साग प्रति रोपनी कति सम्म उत्पादन गर्न सकिन्छ :

उत्पादन यसको जात र माटोको मलिलोपन तथा सिंचाई आदिमा निर्भर रहन्छ तर औसतमा ५०० देखि ७०० के.जी.हरियो साग प्रति रोपनी उत्पादन गर्न सकिन्छ।

यी वालीमा कस्ता कस्ता कीराहरुले आक्रमण गर्दछन् :

हालसम्म कीराको कारणले बाली नोक्सानी भएको कमै देखिन्छ तर कुनै कुनै ठाउँमा हरियोकीराले आक्रमण गरेको पाईन्छ। यस्तो ठाउँमा २ मि।लि। नुभान प्रति लिटर पानीमा घोली छरेमा रोकथाम गर्न सकिन्छ।

यी वालीमा कस्ता कस्ता रोगहरु देखा पर्दछ ?

कीरा जस्तै रोगको पनि त्यति धेरै प्रकोप भएको पाइन्न तर कतै कतै गाँठे जरे भन्ने रोग देखा परेको छ। यसको नियन्त्रणका लागि माटोमा चून राख्ने र घुम्ति बाली लगाएमा यसको सजिलै रोकथाम गर्न सकिन्छ।