गाई तथा भैंसी पालक किसानहरुले साबधानी अपनाउँदा अपनाउँदै पनि कति पय अवश्थामा गाई तथा भैंसीले बाच्छा बाच्छी जन्माउने बेलामा समस्या भएको देखिन्छ । आउनुहोस बाच्छा बाच्छी अड्कने वा व्याउन नसक्ने समस्या का कारण र समाधानको उपायको बारेमा जानकारी लिऔं ।

कारणहरू :

♦ बाच्छा बाच्छी ठूलो भएमा ।
♦ वाच्छा वाच्छीको पाठेघरभित्रको बसाई (पोजिसन) नमिलेमा ।
♦ शारीरिक कमजोरीको कारण
♦ पाठेघरको मुख पूर्ण रूपमा नखुलेमा ।
♦ उमेर नपुग्दै पशु गर्भिणी भएमा ।
♦ बाच्छा बाच्छी भित्रै मरेमा ।
♦ संक्रामक रोगहरू जस्तै ब्रुसेलोसिस आदिको कारण ।
♦ विभिन्न हार्मोनहरूको कमी तथा असन्तुलन
♦ पाठेघर बटारिएमा
♦ बाँधेर पालिएका पशुहरूमा पनि यस्तो समस्या आउन सक्छ ।
♦ वंशाणुगत कारणहरू

व्यवस्थापन :

♦ ब्याउन खोजेको ५–६ घण्टा भित्र व्याउन नसकेमा तुरून्त प्राविधिकलाई बोलाईहाल्नु पर्दछ ।
♦ प्राविधिकले पाठेघरभित्र हात हालेर अवस्था पत्ता लगाई आवश्यकता अनुसार उपचार गर्दछन् ।

स्रोत : नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

जलवायु प्रकोप समुत्थान निर्माण आयोजना,

(कृषि व्यवस्थापन सूचना प्रणाली)