एजेन्सी। आलुको सेवनबाट दीर्घायु बन्न सकिन्छ भन्ने खबर सुन्दा धेरैलाइ आश्चर्य लाग्न सक्छ । सम्झनुहोस यस्तो आलुको सेवनले तपाईको आयु नै बढाउन मद्धत गर्नेछ । प्रसंग हो दिर्घायु बनाउने अनौठो (पर्पल पोटेटो) बैजनी आलुको ।

पेरू र बोलेभियामा उत्पत्तिस्थल मानिने वैजनी आलु १६ओ शताव्दी मै यूरोपतिर प्रवेश गरेको भएता पनि सन १९८० को दशकमा अमेरिका प्रवेश भएपछि प्रशिद्धी कमाउन थालेको मानिन्छ । अहिले बैज्ञानिकहरुले केही वर्ष खर्चेर सफल परिक्षण गर्न सक्षम भएका छन् । अन्य आलुको जस्तै स्वाद हुने आलुका करिब २० नयाँ प्रजाति तयार भएको छ ।

वैज्ञानिकहरूले यो आलुमा पाइने तत्व र महत्वलाइ बुझेर टेस्ट ट्यूबमा तयार गरी पछि माटोमा रोपिने यो आलु वैजनी (Purple) रंगको हुन्छ । सामान्यतया बजारमा पाइने आलु भन्दा अलिक भिन्न किसिमको छ । यस आलुमा देखिएके बैजनी रंग एन्थोसायिनन नामक रसायनको उपस्थितिले गर्दा हुने गर्दछ । यहि तत्वले नै एण्टीअक्सिडेन्टको काम गर्दछ ।

अनौठो प्रकृतिको यो आलुमा भिटामिन सी को मात्रा तीन गुणा धेरै हुन्छ । अन्य रसेट पोटेटोमा भन्दा पर्पल पोटेटोमा अक्सिकरण निरोधक तत्व चार गुणा बढी भएको बैज्ञानिकको भनाई छ । अनुसन्धानमा संलग्न बैज्ञानिकहरुका अनुसार अक्सिकरण निरोधक तत्वले बुढोपन रोक्ने बताइएको छ ।

यसको साथसाथै आलुमा पाइने पोटेसियम तत्वले प्रेसर कम गर्नमा निकै मद्दत पुर्याउने वैज्ञानिकहरूले बताएकाछन । एन्थोसायनिन र भिटामिन बी-6 ले रोग प्रतिरोधात्मक क्षमतालाइ पनि बढाउने जनाइएको छ ।

अहिले स्कटल्याण्डमा यसको खेती भैरहे पनि नेपाल प्रवेश गर्न भने समय लाग्ने देखिन्छ ।