ललितपुर। दाना आयात प्रतिस्थापनको लागि सरकारले मकै उत्पादन प्रर्वद्धन कार्यक्रम संचालन गर्ने भएको । आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुशार कार्यक्रम संचालन गर्न लागिएको कृषि ज्ञान केन्द्र ललितपुरले जनाएको छ ।

कार्यक्रम बारा जिल्लाको जीतपुर सिमरा उ.म.न.पा., रौतहटको जिल्लाको चन्द्रनीगाहपुर नगरपालिका, गजुरा नगरपालिका ,सर्लाहि जिल्लाको हरिवन नगरपालिका, लालबन्दी नगरपालिका, वागमती नगरपालिका, बरहथवा नगरपालिका र सिन्धुली जिल्लाको दुधौली नगरपालिका र तीन वटा गाउँपालिकामा संचालन हुने  छ ।

थप जानकारीको लागि सम्पर्क :
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, ललितपुर – ०१ – ५५२१५१
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, सिन्धुली – ०४७ – ६९२०२७
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, सर्लाही – ०४६ – ६२०५०५
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, रौतहट – ०५५ – ५६५०७८
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, बारा – ०५३ – ५५००१७