
रुख टमाटर अथवा नेपालक गाँउ घरमा मटर भनेर पनि चिनिन्छ ।यो नेपालमा व्यावसायीक रुपमा खेती नगरेपनि गाँउका प्रत्येक घरमा अचार बनायर खानको लागि रोपेको पाईन्छ ।
रुख टमाटर सम्बन्धी केहि जानकारी :
यो वहुवर्षीय बोटको रुपमा यसको खेती गर्न सकिन्छ ।
बोटबाट ८ देखि १० वर्ष सम्म उत्पादन लिन सकिन्छ ।
यो झुप्पा आकारमा फल्छ एउटा झुप्पामा ८ देखि १४ वटा सम्म फल फल्दछ ।
यो एक रोपनिमा जग्गामा २५० देखि ३०० बोट लगाउन सकिन्छ ।
यसमा भिटामिन सि.वि. लगाएत पोषण तत्वहरु पाईन्छ ।
असिंचित जमिनमा खेती गर्दा अन्न बालीको भन्दा दशै गुण बढि फाईदा लिन सकिन्छ ।
बलौटे दोमट खालको माटोमा यसको खेती बढि हुन्छ ।
माटोमो पि.एच. मान. ५.५ देखि ६ सम्म भए उत्पादन राम्रो लिन सकिन्छ ।
हावापानी तुसारो बाट बचाउनु अति आवश्यक पर्छ ।
एक वोटमा १० देखि १५ केजि उत्पादन लिन सकिन्छ ।
वजारमा प्रति गोटा १५ देखि २० रुपैंयामा बिक्री गर्न सकिन्छ ।
जग्गाको तयारी २-२ मिटरको फरकमा २ मिटर गोलाई २ मिटर गहिराई मा १२ केजि राम्रो संग पाकेको कम्पोष्ट मल ,रासायीन मल प्रति बोट २० ग्राम ,शुस्म खाद्य तत्व १० तत्व ,नाईट्रोजन प्रति वोट ५ ग्राम , पोटास प्रति वोट १५ ग्राम घोलेर प्रत्यक खाल्डोमा हाल्ने ।
विरुवा वजारमा नपाइने हुनाले विरुवाको जोहो पनि आफैंले गर्नु पर्दछ । रुख टमाटरको पोकेको फल लिने र त्यस भित्र रहेको बिउ निकाल्ने प्लास्टिकको ट्रेमा राखेर बिउ उर्मान सकिन्छ ।
बिउ कहिले राख्ने :
फाल्गुनको आदा आदिमा बिउ राख्दा अत्यन्तै राम्रो हुन्छ ।
यसको बिउ चैतको १५ देखि जेठ सम्म लगाउन सकिन्छ ।
वोटलाई सोझो बनाउन बिरुवा रौप्दानै एक मिटर लम्बाईको टेको प्रदान गर्नु आवश्यक पर्छ ।
एक वर्ष पुरानो हाँगा छट्के पाराले काटेर बालुवामा गाडिदिंदा १५ देखि २० दिनमा मा पुन नयाँ जरा आउँछ र पुन लगाउन सकिन्छ ।
खेतीका समस्या :
यसलाई सबै भन्दा आक्रमण गर्ने भनेको रातो कमिला , धमिरा, खुम्रे किराले हो ।
काटाहाइड्रोक्लोराईड एक बोट बराबर ४ देखि ५ ग्राम राखेर गोलमेंड गर्ने हो भने नियन्त्रण गर्न सकिन्छ ।
गुलाभि रातो रंगको रुपमा फल भएपछि बजारमा बिक्रीको लागि लैजान सकिन्छ ।
- केहि जानकारी चाहियमा कमेन्टमा गएर लेख्नुहोस पछि त्यसको जवाफ दिनेछौं ।