तरकारी खेती एक नगदे बाली पनि हो । कृषहरुको आम्दानीको स्रोत पनी हो । तर कृषि पेसालाई कसरी व्यवस्थित गर्न सकिन्छ त भन्ने कुरामा चैँ कमै व्यक्तिको मात्र जिज्ञासा रहन्न सक्दछ ।

कृषि पेसालाई पनि किन उच्चस्तरीय कार्यको रूपमा नराख्ने त रु कसरी आफूले गरेको काममा भई परी आउने क्षतिबाट बच्न सकिन्छ भन्ने कुरा पनि खोज्नु जरुरी देखिन्छ । कुनै पनि व्यवसाय वा कुनै पनि काम आरम्भ गदा भावी दिनमा आउने जोखिमलाई पनि मध्यनजर गनिपर्दछ ।

कृषकहरू प्रति हेरिने दृष्टिकोण नै अलिकति फरक किसिमको रहेको छ । यसलाई पनि पेसाको रूपमा हेरिनुपर्छ भन्ने कुरामा कमै व्यक्तिको मात्र ध्यान गएको पाइन्छ । ग्रामीण क्षेत्रमा बाझौँ जमिन राखेर होस् वा जग्गा धितो राखेर भए पनि वैदेशिक रोजगार कौ लागि उसको पहिले गन्तव्य बन्दछ । आखिर कहिलेसम्मको लागि यसरी जग्गालाई प्लटिङ गर्न र खाली राख्ने काम गरी रहने त युरोपियन देशहरूमा कृषि पेसालाई जुन किसिमले अघि बढाएको छ । त्यसको तुलनामा हामी निकै पछाडि छौ भन्दा त्यसमा दुई मत त पक्कै पर्दैैन होला ।

युवाहरूमा पनि केही शौक्षिक योग्यता हासिल गरिसकेपछि कृषि पेसामा त लाग्नै हुँदैन भन्ने जुन किसिमको मान्य तन रहेको छ , त्यसलाई बदल्न जरुरी छ । बरु शौक्षिक योग्यता हासिल गरेर दश हजार कै जागिर गर्न तम तयार रहन् छन् तर कृषि पेसामा लागेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने ध्यान कमैमा मात्र देख्न सकिन्छ । हामीहरुले यस्तै समस्याहरुबाट बच्न कृषि बिमा गर्नु जरुरी नै देखिन्छ । कृषि बीमा भित्रको पनि तरकारीखेतीलाई व्यवस्थित ढङगबाट अघि बढाउदा पक्कै पनि यसमा पनि केही परीर्वतन आउन सकछ ।

बीमालेखले रक्षावरण गर्न जोखीमहरु :
बिशेष गरी तरकारी खेतीको बिमा गर्दा बीमकले बीमाको अवधि भित्र तरकारी खेतीको विवरण तालिकामा उल्लेख भए बमोजिमका तरकारी खेतीको क्षतीर हानी नोक्सानी भएमा लागत मूल्य अनुसारको क्षतीपूर्ती रकम सम्बन्धित पक्षलाई दिने गर्दछ । यदि कुनै पनि कारणबस तरकारी खेतीको बिमा अवधिभरी हानी नोक्सानी भएमा लागत मूल्यको अनुसारको क्षतीपूर्ति रकम भुक्तानी गर्न गर्दछ । बीमकले उक्त अनुसूचीमा उल्लिखित बीमाङक रकमको ९० प्रतिशत रकम बीमितलाई भुक्तानी गर्नछ ।

१. आगलागी ,चट्याङ
२. भूकम्प
३. बाढी ,पहिरो
४. आधिँबेहरी, असिना, हिँउ वा तुसारो
५. आकस्मित, दुर्घटनाजन्य बाह्य कारणहरु
६. किरा आदिबाट हुने नोक्सानी

तरकारी व्यवसायलाई सुरक्षित र व्यवसायिक बनाउनको लागि पनि तरकारी खेती बीमाको उपलब्धता छ । जसमा सरकारले कृषि क्षेत्रको लागि ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ ।

बिमा समितिले ०६९ साल देखि कृषि बिमा सुरु गरेको हो । समितिले निर्जीबन बीमाको व्यवसाय गर्दै आएका सबै बिमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बिमा गर्न निर्देशन समेत दिएको छ । यसमा सरकार र बिमा समितिले मात्र नभई कृषक आफलै पनि यस्ता कुरामा बुझनु जरुरी देखिन्छ ।