ललितपुर। प्रदेश नं.१ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रोटेक्टेड हर्टीकल्चर प्रवर्द्धन र प्रविधि विस्तार गर्न, कृषि पर्यटन प्रवर्द्धन गर्न र चिया विस्तार एवं चिया कारखाना उद्योग प्रवर्द्धन गर्नका लागि अनुदान दिने भएको छ।

मन्त्रालयले इच्छुक सहकारी संस्था र व्यावसायिक फर्म, कम्पनी, निजी उद्यमीलाई सम्बन्धित कार्यालयमा निवेदन बुझाउनका लागि आव्हान गरेको छ।

कति छ अनुदान ?

क्र.स.      कार्यक्रमको नाम                             सङ्ख्या                  अनुदान रकम (रु.)                   निवेदन दिन योग्य साझेदारहरू

१.  प्रोटेक्टेड हर्टीकल्चर प्रवर्दन र प्रविधि विस्तार  ८    (७५% सम्म अनुदान बढीमा ३० लाख प्रति निवेदन) सहकारी संस्था,निजी फर्म,कम्पनी   एवं निजी उद्यमी

२. कृषि पर्यटन प्रवर्द्धन                                       १५  –  (५०% वा बढीमा २० लाख प्रति निवेदन)   होमस्टे समितिहरू, निजी फर्म, कम्पनी एवं  निजी उद्यमी, सहकारी संस्था, उद्योग वाणिज्य संघ, निजी क्षेत्रका कृषि पर्यटन केन्द्र

३. चिया विस्तार एवं चिया कारखाना उद्योग प्रवर्द्धन   १०- ( ७५% सम्म बढीमा २० लाख प्रति निवेदन )   कृषक, उद्यमी, कृषक समूह, सहकारी संस्था

(नोट : एउटा फर्मरकम्पनी वा संस्थाले एउटा मात्रै निवेदन दिन पाउनेछन् )

निवेदन बुझाउने ठाँउ :

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं १, विराटनगर
कृषि ज्ञान केन्द्रहरू, झापा, सुनसरी, पाँचथर, धनकुटा, सङ्खुवासभा, उदयपुर, खोटाङ, इलाम, सोलुखुम्बु, भोजपुर र ओखलढुङ्गा

निवेदन बुझाउने अन्तिम मिति ?

निवेदन यहि मिति २०७६ साल भाद्र २४ गते सम्ममा बुझाउनु पर्छ।

कहाँ सम्पर्क गर्ने ?

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, विराटनगरस् ०२१-४७०२५८

कृषि प्रसार अधिकृत, अभिमन्यु अधिकारी : ९८५२०३५०४९