ललितपुर। सरकारले दूधको मूल्यमा ६ रुपैयाँले वृद्धि गरेको छ ।

बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिए । महाप्रवन्धक घिमिरेका अनुसार मूल्य वृद्धि गर्ने फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी छ ।

संस्थानले पेश गरेको दूधको मूल्य बढाउने फाइल कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार स्वीकृत गर्नु भएको थियो । महाप्रवन्धक घिमेरेका अनुसार बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानले र बाँकी ३१ प्रतिशत डेरीले पाउने छन् ।

बढेको मुल्य शनिबारबाटमात्रै लागू हुने संस्थानले जनाएको छ ।