ललितपुर। रेशम खेती कार्यलय बन्दीपुर हाल पिंढी बिजकोया श्रोत केन्द्रले आर्थिक वर्ष ७६ /७७ को कार्यक्रम अनुशार किम्बु खेती, रेशम किरा पालन तथा मौरीपाल र च्याउ खेतीका लागि आधुनिक प्रविधि सिकाउनुका साथै अनुदान वितरण गर्ने भएको छ ।

केन्द्रले सूचना प्रकाशित गरी ईच्छुक कृषक , समुह, सहकारी वा गैर सरकारी संस्थामा व्यक्तिलाई भदै मसान्त सम्म सम्पर्क गर्न आग्रह गरेको हो ।

यसका लागि तनहूँ , लमजुङ र गोरखा जिल्लाका किसान आवद्ध हुन सक्ने केन्द्रले जनाएको छ ।

कार्यक्रमहरु :
मौरी पालन स्थलगत तालीम : १० वटा
आधुनीक मौरीघार वितरण (७५ प्रतिशत अनुदान) : २०० वटा
आधुनीक मौरी सामग्री वितरण (७५ प्रतिशत अनुदान) : २०० वटा
च्याउको विउ वितरण (५० प्रतिशत अनुदान) : ३०० पोका
व्यवसायीक च्याउ उत्पादनका लागि मोडल घर निर्माण (५० प्रतिशत अनुदान) : १६ ओटा
नमुना फार्म किम्बु खेती क्षेत्र विस्तार (हेक्टर – ५) , (रोपनी – १००)
किम्बु खेती तथा रेशम किरा पालन स्थलगत तालीम : २ वटा

थप जानकारीका लागि : फोनः ०६५-५२०-१०४ मोवाइल ९८५६०-६३१०४ र ९८५६०-६३१०५