खरायो पालन लाभान्वित तथा आनंदित गर्ने ब्याबसाय मध्यमा पर्दछ।खरायो ब्याबसाय मासु तथा रौ-छाला का लागि गरिन्छ। नेपाल मा खरायो पालन धेरै पहिले देखि नै गरिएको हो तर अझैसम्म ब्याबसाय ले मुर्तरुप लिन भने सकेको छैन। खरायो को मासु मुटुको रोगी,बालक र बृद्धअबश्थामा अत्यन्तै लाभकारी हुन्छ।

खरायो पालनका फाइदाहरु :
खरायो एउटा सानो जनाबर भयको हुँदा नेपालमा खरायो पालन का धेरै फाइदा छन।

१. यो सानो आकार को हुने हुँदा खरायो पालन कालागि थोरै ठाउँ ,कम आहार ले पुग्ने हुँदा थोरैमात्र लगानिले पनि गर्न सकिन्छ।

२. खरायो पालन घर को छत, आगन,घरको पछाडि या फार्म मा राम्रैसंग गर्न सकिन्छ।

३. थोरैमात्र लगानिले गर्न सकिने हुँदा निम्नबर्गका किसान हरु ले पनि सहजै ब्याबसाय संचालन गर्न सक्दछन।

४. उत्पादन बोइलर कुखुराको झैं छिटो हुनेहुदा यो ब्याबसाय लाभकारिनै छ। यस्को उत्पादन ४देखि ५ महिनामा तयार हुन्छ।

५. खरायोको आहार मा हामी बचेको तरकारी,हाम्रै घरआगन मा पाइने पातपतिङर र हाम्रै खेतवारि मा उत्पादन हुने अन्न दिन सकिन्छ।ठूलो भोलुम मा बयाबसाय गर्दाभने विभिन्न प्रकारका पोषिला घास,दाना एबम हाइड्रोपोनिक सिस्टम बाट घाँस उत्पादन गर्नु उपयुक्त हुन्छ।

६. खरायोको प्रजनन क्षमता उच्च हुनेहुदा पनि यो बयबसाय फाइदाजनक छ। एउटा बयस्क खरायो को माउ ले हरेक महिना २ देखि ६ ओटा सम्म बच्चा दिन सक्छ।

७. नेपालका अधिकाम्श पुरुषहरु बिदेश जाने र महिलाहरु नै गाई भैंसी,भेडा बाख्रा र बङुर कुखुरा पालेर बस्ने गरेको हुँदा उनिहरु ले यो लाभकारी ब्याबसाय सहजै गर्न सक्दछन।

८. युबा-युवती तथा पढेलेखेका बेरोजगार हरु यदि चाहना राखेर काम गर्ने हो भने खरायो पालन ब्याबसाय लाई अबलम्बन गरि आम्दनिको राम्रैजरिया बअनआउन सक्छन।

जात (नश्ल)को छनोट:
१: White giant(सेतो खरायो)
२: Grey gaint(खैरो खरायो)
३: फ्लेमिस
४: न्युजिल्यान्ड सेतो
५: न्युजिल्यान्ड रातो
६: क्यालिफोर्नियन खरायो
७: डच
८: सोभियत चिचिला आदि खरायोका मुख्य ब्याबसायिक प्रजातिहरु हुन।

खरायो पालन बयाबसाय संचालित गर्दा (Deep litter system अथवा Cage system) द्वारा गर्नु उत्तम हुन्छ।किन भने खरायो सानो पशु भयकोले कुकुर,बिरालो लगयत अन्य जंगली जनाबर बाट सुरक्षीत राख्नु को साथै रोग र चोट्पटक बचाउनु मुख्य चुनौती हो।

आहार ब्याबस्थापन :

उचित उत्पादन का लागी सन्तुलित दाना र घाँस को ब्याबस्थापन जरुरी हुन्छ साथै आफ्नो किचन को तरकारी हरुका खेरजाने बोक्रा टुक्राटुक्रा साग्पात पनि प्रयोग मा ल्याउन सकिन्छ। अधिक लाभको लागि सन्तुलित आहार को साथ पोषिला घाँस तथा हाइड्रोपोनिक प्रबिधी बाट उत्पादित आहार धेरै फाइदाजनक हुन्छन।

प्रजनन (Breeding) :

खरायो मा ५ महिनामै प्रजनन क्षमता को वृद्धि बिकास बिकास भैसकेको हुन्छ तर प्रजनन का लागि भाले छनोट गर्दा स्वास्थ तथा उचित तौल भयको र एकबर्ष उमेर पुगेको हुनुपर्छ ।
भाले को लागि अन्य खरायोको तुलनामा आहार ब्याबस्थापन गर्नुपर्नेछ ।

हेरचाह :

खरायो मा ठुलै असर हुनेगरी कुनै समस्या त आउदैन तर उनिहरुको दिन्चर्या र खान्पानमा हुने परिवर्तन लाई ध्यान दिनु जरुरी हुन्छ।

बजार ब्याबस्थापन :

नेपालमा खरायो पालन ब्याबसायको मुख्य चुनौती नै बजार बयाबस्थापन हो। उपभोक्ता हरु लाई खरायोको मासुको बारेमा सहि ज्ञान् नहुनु बजार न पाउनु नै मुख्य समस्या हो। तर हाल नेपालमा श्री राम पटेल ज्यु ले संचालनमा ल्याउनुभयको अभियान ले बजार को समश्या सामाधान हुने रअ खरायो जन्य उतपादन खपत हुने परबल संभावना छ।
यदि केहि गर्ने जागर छ भने श्री राम पटेल ज्यु ले सुरुवात गर्नु भएको खरायो सहकारी अभियान (One village one rabbit cooperative)मा सहभागिता जनाइ ब्याबसाय मा लाग्दा सोतह बजार ब्याबस्थापन हुनजाने देखिन्छ।

खरायो पालन ब्याबसायका मुख्य चुनौती :

१. नियमित बजार न पाउनु।
२. गुणस्तरीय दाना को अभाब।
३. उचित मूल्य मा दाना न पाउनु।
. केज, फिडर,पानी खुवाउने भाडा लगायतका सामाग्री हरु सहज उपलब्ध न हुनु।
. आबाश्यक्ता मा बित्तिय सस्थान हरु बाट लोन प्राप्त न हुनु।
६. आबाश्यक्ता मा पशु चिकित्सक उप्पलबध न हुनु।

थप जानकारी र आवश्यक सुझावको लागि :

सम्पर्क : ९८५६०५०२९९,९८०६७१०७१७