माछा पूर्णरूपमा पानीमा बस्ने जीव हो । माछा स्वच्छ पानी तथा समुद्रको नुनिलो पानीमा पनि पाइन्छन् । स्वच्छ पानीमा पाइने केही माछाहरूलाई व्यावसायिक रूपमा खेती पनि गरिन्छ ।

माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो । माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ । यसको अलावा माछालाई सगुनको रूपमा लिइन्छ । माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन् गरिन्छ । व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन् ।

नेपालमा जलाशयको क्षेत्र र उत्पादकत्व माछाको तथ्याङ्क :
नेपालमा मत्स्यपालन प्राक्रितिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ । नेपालमा करिब ६००० नदीनाला (जलाशय क्षेत्र ३९५००० हेक्टर) तथा नीजि पोखरीको कुल क्षेत्रफल ५१३१ हेक्टर रहेको छ । यसरी पोखरीहरूबाट ११९७५ मेटन र अन्य प्राक्रितिक जलाशयबाट ११२३० मेटन गरी जम्मा २३२०५ मेटन माछा उत्पादन हुने गरेको छ ।

माछाका जातहरू :
स्वदेशी जातका माछाहरूः नेपालमा करिब विभिन्न जातका माछाहरू पाइन्छन् जसमध्ये रहु, नैनी, भाकुरलाई व्यावसासिक रूपमा पालिन्छन् सहर, कत्ला, मागुर र हिले माछाहरूलाई पनि कृत्रिम जलाशयमा पनि पालन गर्न सकिन्छ । स्वदेशी जातका माछाहरूमा निम्न विशेषता पाइन्छ।
पुरानो गहिरो पोखरीमा हल्लक बढनाले यस्ता पोखरीमा पालन गर्न उपयुक्त हुन्छन्,
ढिला बढ्छन् तर प्राक्रितिक आहारा खाएर पनि राम्रै हुर्कन सक्दछन्,
रागव्याधि सहने क्षमाता निक्कै राम्रो हुन्छ ।
निक्कै स्वादिलो तथा लोकप्रिय छन् ।

स्वदेशी जातका मुख्य माछाहरूः

रहुः यो माछा निक्कै स्वादिलो तथा लोकप्रिय जातको माछा हो । यसको शरीर लामो र डोलो खालको हुन्छ । शरीरभरि मध्यम आकारका कत्ला पाइन्छन् र कत्लाको रङ केही रातो हन्छ । यस माछाले एक कोसीय लेउ, प्राणीजन्य जीवाणु र सडेगलेको झारपात खान्छ । ढिलो बढ्छ र २–३ वर्ष पालेमा एक डेढ किलोको हुन्छ । यो माछा पुरानो गहिरा पोखरी तथा प्राकृतिक दहहरूमा चाँडो बढ्छ ।

नैनीः यस जातको माछाको शरीर लामो माथिल्लो भाग खैरो तथा तल्लो भाग सेतो हुन्छ । शरीर भरी कत्ला पाइन्छ र आँखाको रङ सुनौलो देखिन्छ ।

भाकुर, कत्लाः यस जातको माछाको शरीर केही चौडा र माथिल्लो भाग खैरो तथा पेट सेतो रङ हुन्छ । यसको शरीर भरी ठुलठूला कत्ला पाइन्छन् ।

विदेशी जातका माछाहरूः
विदेशी जातका माछाहरूलाई बोलचालको भाषामा विकासे माछा भनिन्छ । विकासे जातका माछाहरूको निम्न विशेषता हुन्छन्ः
अनुकूल वातावरण पाएमा यिनीहरू हल्लक बढी छोटो समयमा धेरै उत्पादन दिन्छन् ।
पानीमा कम अक्सिजनरहेको अवस्थामा पनि बाँच्न सक्दछन् ।
पोथीले थुप्रै अण्डा दिन सक्ने र बच्चाहरू चाँडै वयस्क भई प्रजन्न कार्यको लागि सक्षम हुने गर्दछन् ।
पोखरीमा उत्पादन भएका प्राकृतिक तथा थप कृत्रिम आहारा खुवाएर पालन गर्न सकिने ।
रोगव्याधि सहन्सक्ने क्षमता यिनीहरूमा राम्रो हुन्छ ।
पौष्टिक तथा स्थानीय व्यक्तिहरूले रुचाउने स्वाद भएको हुन्छ ।

विदेशी जातका मुख्य माछाहरूको विवरण :

कमन कार्पः नेपालमा पालिने कमन कार्पहरूमा जर्मन कार्प, इजरायली कार्प र नेसिस कार्प मुख्य छन् । जीउ भरी कत्ला हुनेलाई जर्मन कार्प र कम कत्लाहुनेलाई इजरायली वा मिरर कार्प हुन्छ । यसको शरीर केही चेप्टिएको लाम्चो हुन्छ । ओठको दुवैतर्फ जुङ्गा हुन्छ । शरीरमा दुई जोडी पखेटाहरू कान र पेट नेर, र एक्लो पखेटा तीनवटा ढाड, मलव्दार र पुच्छर मा पाइन्छ । यो माछा सर्वभक्षी भएकोले सूक्ष्म जीवाणु, कीरा, कुहिएको झारपात तथा कृत्रिम आहारा खाएर हुर्कन्छ ।

यो माछा २०–२५सेन्टिग्रेड तापक्रममा राम्रो फस्टाउँछ । पोखरीमा यो माछा एक वर्षमा एक डेढ किलो सम्मको हुन्छ । यो माछा बढीमा ५० सेन्टिमिटर लामो र १८ किलोसम्म वजन भएको पाइएको छ । नेसिस कार्पको शरीर केही चेप्टो र चौडा डल्लो खालकोे हुन्छ, जीउमा केही कम कत्ला हुन्छ र कत्लाको रङ्ग केही सुनौलो हुन्छ । पोखरीमा यो माछा एक वर्षमा तीन किलोसम्मको हुन्छ । अन्य बानी व्यहोरा कमन कार्प जस्तै हुन्छ ।

सिल्भर कार्पः यसको पुरै शरीरमा ससानो चाँदी जस्तो टल्कने सेतो कत्ला हुन्छ । शरीर केही लाम्चो, चेप्टो र तल्लोभाग केही धारिलो हुन्छ । टाउको केही सानो र गोलो हुन्छ । यस माछाको गिलमा मसिनो जाली हुन्छ र पोखरीमा भएको वनस्पतिजन्य जीवाणु खाएर हुर्कन्छ । यो माछा २५–३० सेन्टिग्रेड तापक्रममा राम्रो फस्टाउँछ । पोखरीमा यो माछा एक वर्षमा एक डेढ किलो सम्मको हुन्छ । यो माछा बढीमा ५० सेन्टिमिटर लामो र ५० किलोसम्म वजन भएको पाइएको छ ।

विगहेड कार्पः यसको टाउको ठुलो र लाम्चो भएकोले यसको नाम बिगहेड राखिएको हो । शरीरमा सिल्भर कार्प जस्तै ससाना कत्लाले ढाकेको हुन्छ ।

ग्रास कार्पः यसको जीउ लाम्चो र केही डोलो खालको तथा टाउको चौडा हुन्छ । शरीरमा ठुलठुला एकनासका कत्लाहरू हुन्छन् । हुर्किएको माछाले पोखरीको झारपात र घाँस खान्छ ।

माँगुर माछा : कत्ला नभएको लामो लामो जुङा र विष डङ्क भएका स्थानीय जातका माँगुर रैथान जातका माछा हुन् । गिनीहरू हिले पानीमा तथा पानीमा थोरै अक्सिजन भएको अवस्थामा पनि बाँच्न सक्दछन् । यो माछा माँसाहारी हुन्छ र बढीम आधा किलोसम्म हुन्छ । हाल नेपालमा अफ्रिकन जातका हाइब्रिड माँगुर हाल निकै लोक प्रिय भैरहेका छन् ।

यो जातका माछा भान्साको उब्रेको आहारा तथा बुचरखानाको फालेका मासु आन्द्राभुँडी खाएर पनि बाँच्न सक्ने र सानो खाल्डोमा पनि पाल्न सकिने भएकोले नेपालको तराई तथा मध्य पहाडी क्षेत्रमा लोकप्रिय बन्दै गएको छ । यो माछा दस बार किलो सम्मको हुन्छ ।

रेन्वो ट्राउट स् रेन्वो ट्राउ चिसो र सफा पानीमा हुर्कने ज्यादै स्वादिलो विकासे माछा हो । प्राकृतिक अवस्थामा यो माछा मांसाहारी हुन्छ तर कृत्रिम रूपमा पालन गर्दा उच्च स्तरको प्रोटिनयुक्त दाना खुवाएर यो माछालाई सफलतापूर्वक पाल्न सकिन्छ ।

यो माछा २०४५ सालमा जापानबाट आयात गरी त्रिशुली तथा गोदावरीमा पालन गरिएको छ । यो माछा १– २१ सेन्टिग्रेड तापक्रमा जीवित रहन्छ । माछाको वृद्धि तथा प्रजननको लागि पानीको तापक्रम १५ देखि १८ सेन्टिग्रेड र पानीमा अक्सिजनको मात्रा ७ मिलि लिटर- लिटर भन्दा बढी हुनु पर्दछ । यो माछालाई सफा तथा केही बग्ने पानी चाहिन्छ । माछालाई उमेर अनुसार आहारा खुवाउनु पर्दछ ।

साधारणतया साना भुरालाई ४० प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको ६–७ प्रतिशतको दरले दैनिक रूपमा खुवाउनु पर्दछ । त्यस्तै १० ग्रामभन्दा माथिका हुर्कदो भुराहरूलाई ३५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको ४–५ प्रतिशत दानाको दरले दैनिक रूपमा खुवाउनु पर्दछ । ५० ग्रामभन्दा माथिका माछाहरूलाई ३५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको २–३ प्रतिशत दानाको दरले दैनिक रूपमा खुवाउनु पर्दछ । माछाको दाना पेलेट रूपमा बनाउनु पर्दछ । माछाको उमेर र खाने मुखको आकार अनुसार पेलेटको दाना बनाउनु पर्दछ ।

प्रजननको लागि उपयुक्त उमेरको भाले पोथीको छनौट गर्नु पर्दछ । प्रजननको लागि भालेको उमेर ३–६ वर्ष र पोथी ४–७ वर्षको उपयुक्त हुन्छ । ट्राउट माछाको प्रजनन काल कार्तिकको दोस्रो हप्ता देखि फागुनको दोस्रो हप्तासम्म रहन्छ ।

माछापालन व्यवस्थापन :
माछापालन व्यवसायका लगि निम्न प्रविधिमा ध्यान दिनु पर्दछः
माछापालनको लागि पोखरीको ब्यवस्थापनः पोखरीमा भएको झार, जङ्गली माछाहरू हटाउनु पर्दछ । पुष(माघ महिनामा पोखरी सुकाएर पोखरी सफा गर्नु पर्दछ । पोखरीमा प्रति कठ्ठा १५ किलोको दरले चुन छर्नु पर्र्दछ । पोखरीमा करिब १.५ मिटर स्वच्छ पानी भर्नु पर्दछ । पोखरीमा प्राकृतिक आहाराको वृद्धिका लागि प्रत्येक दुइ हप्तामा करिब १० किलो गोबर वा कुखुराको सुली चारैतिर फैलने गरी छर्नु पर्दछ ।

पोखरीको पानीको ब्यवस्थापनः माछा पोखरीको पानी उच्च गुणस्तर तथा पापक्रमको हुनु पर्दछ । पानीको सफापन ३०–४० सेमी (कुहिनोसम्म हात डुबाउँदा औँला देखिने), पस्यच ७.५–८.५ , अक्सिजन ५ पीपीयम र तापक्रम २०–३० सेन्टिग्रड हुनु पर्दछ ।

भुरा ब्यवस्थापनः पोखरीमा आवश्यक मात्रामा उपयुक्त साइजको भुरा राख्नु पर्दछ । भुराको तौल करिब २५ ग्राम हुनु पर्दछ र प्रति कठ्ठा करिब ३०० वटा सम्म भुरा राख्नु पर्दछ । मिश्रित माछा पालन गर्दा पोखरीमा कमन कार्प २० प्रतिशत, सिल्भर कार्प ३५ प्रतिशत, विगहेड कार्प १० प्रतिशत, ग्रास कार्प ५ प्रतिशत, रहु १० प्रतिशत, भाकुर १० र नैनी १० प्रतिशत मिसाउन सकिन्छ ।

पोखरीमा भुरा छाड्ने बेला ध्यान दिनु कुरा ?

पोखरमिा माछा भुरा राख्नु भन्दा पहिले पानीको तापक्रम हेर्नु पर्दछ । भुरा ल्याएको पानी र पोखरीको पानीको तापक्रम फरक छ भने पोखरीमा भुरा छाड्नु हुदैन । भुरा ल्याएको भाँडा नै पोखरीमा राखिदिनु पर्छ जब सम्म दुबै पानीको तापक्रम बराबर हुदैन ।जब तापक्रम बराबर हुन्छ अनि मात्र माछा भुरा पोखरीमा छाड्नु पर्छ । तापक्रम बराबर हुन लागि कम्तिमा १०-१५ मिनेट समय लाग्छ । माछा भुरा पोखरीको डिल माथिबाट खन्याउनु हुदैन ।

आहारा ब्यवस्थापनः माछापालन गर्दा पोखरीमा भएको प्राकृतिक आहाराले मात्र पुग्दैन । माछाको वृद्धिका लागि थप थप आहारा दिनु पर्दछ । माछाको दाना बनाउँदा धानको ढुटो १४ प्रतिशत, गहुँको चोकर ३४ प्रतिशत र मकैको पिठो ५ प्रतिशत, सिद्रा ७ प्रतिशत, भटमास २३ प्रतिशत, पिना १५ प्रतिशत, भिटामिन तथा मिनरल मिक्सर २ प्रतिशत लाई राम्ररी मिसाइ पानी हालेर केही मोक्राएर डल्लो बनाइ पोखरीको एक छेउमा राखि दिनु पर्दछ ।

दाना हरेक दिन एकै समय र एकै ठाउँमा दिनु पर्दछ । दाना दिँदा माछाको तौलको कबिर ५ प्रतिशत दाना दिनु पर्दछ । ग्रास कार्पका लागि हरियो कलिलो घाँस पनि दिनु पर्दछ ।

धान खेतमा माछा पालनः तराइका पानी जमिरहने धान खेतमा माछा पालेर धानको उत्पादन तथा माछा एकै साथ लिन सकिन्छ । धानको बेर्ना रोपेपछि खेतमा कार्प जातका माछाका भुराहरू छाडिन्छ ।

भुराको सुरक्षा, खेतमा पानी कम भएको अवस्थाबाट बच्न तथा माछा सङ्कलन गर्न खेतको बीच भागमा करिब एक गुना एक मिटर आकारको र त्यतिकै गहिरो खाडल बनाइ माछाको भुरा छाड्नु पर्दछ । यसरी माछा पालन गर्दा धान पाकेर काट्ने बेलामा माछा बढेर करिब आधा किलोका हुन्छन् र एक सिजनमा प्रति कट्ठा ३०–५० किलो माछा उत्पादन हुने गर्दछ ।

माछा उत्पादनः पोखरीमा माछाको वृद्धि, खानाको अवस्था आदिको निरीक्षण तथा रोग व्याधी, परजीवि (सर्प, भ्यागुता आदि) आदिको नियन्त्रण गर्नु पर्दछ । उत्रत तरिकाले माछापालन गर्दा एक वर्षमा प्रति कठ्ठा ४–५ टन आलो माछा पाउन सकिन्छ ।

(पछिल्लो समय नेपालमा पालिदैं आएको पंगास र टिलापियाको बारेमा सामान्य जानकारी)

पंगास माछा कस्तो माछा हो ?

पंगास माछा शरिरमा कम काँडा भएको र व्यावसायिक रुपमा धेरै उत्पादन दिने माछा हो ।यसले हावाबाट पनि अक्सिजन लिन सक्ने हुनाले पोखरीमा धेरै संख्यामा स्टक गर्न सकिन्छ । यो माछा र्सवहारी स्वभावको हुन्छ । व्यवसायिक पालनमा यस माछाको मुख्य आहारा नै पेलेट दाना हो ।नेपालमा यो माछाको उत्पादन ३० देखि ७० टन प्रति हेक्टर प्रति वर्षसम्म उत्पादन भएको छ ।

यो जातको माछाको स्टकिङ्ग ३ देखी १५ गोटा प्रति वर्ग मिटरका दरले पोखरीको व्यवस्थापन अनुसार पालनको लागि २ देखी ३ इन्च साइजको भुरा राख्न सकिन्छ । यो माछाले धानको ढुटो, पिना, चोकर, पिठो आदि पनि खान्छ । सामान्यतया ७ देखि ९ महिनाको अवधिमा विक्री योग्य साइज हुन्छ ।

टिलापिया कस्तो माछा हो ?

कार्प जातिको भन्दा छुट्टै जातीको, भित्री काँडा कम हुने स्वादिलो खालको माछा हो । हाल यस माछाको एकलिङ्गयि भाले पालन प्रविधिको प्रचलन छ ।यस माछालाई प्रति वर्ग मिटर पोखरीमा २ देखि ३ गोटाको दरले स्टक गरि कार्प माछा जसरीनै पालन गर्न सकिन्छ ।

नोट : यो जानकारी वरिष्ठ मत्स्य विकास अधिकृत नारायण गिरी र मत्य पालन गर्दौ आउनु भएका व्यवसायीको अनुभवको आधारमा तयार पारेका हौं । केहि जिज्ञासा भए कमेन्ट गर्न सक्नुहुन्छ ।