पछिल्लो समय नेपालमा कुखुरा पालन व्यवसाय भरपर्दो पेशाको रुपमा विकास भैरहेको छ । थोरै लगानी तथा सहि प्रविधिको प्रयोग गर्ने हो भने कुखरा पालनबाट पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिन्छ ।

न्यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन सक्छ । यो पेशा थोरै जग्गा तथा कम लगानीमै सञ्चालन गर्न सकिन्छ । यो व्यवसाय गर्न धेरै ठूलो तालिमको आवश्यकता समेत पर्दैन ।

नेपालमा यो व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री सहज उपलब्ध छन् । साथै, सहज बजार पहुँचले उत्पादन पछिको विक्री वितरणमा समेत समस्या छैन । यो व्यवसाय सञ्चालन गर्दा प्रारम्भमा सानो आकार अर्थात १ सयदेखि २ सयबाट शुरू गर्नु उपयुक्त हुन्छ । र, बिस्तारै कुखुरा पालनको अनुभव बटुली व्यावसायिक रूपमा यो पेशा सञ्चालन गर्न सजिलो हुन्छ ।

खासगरी खानेकुराको सवालमा लोकल भन्नासाथै उपभोक्ताहरु हुरुक्कै हुने गेको पाइन्छ । लोकल जातका कृषिजन्य उपजहरु मन पराइनुमा तिनको विशिष्ट स्वाद र सुस्वास्थ्यसँग सम्बन्ध हुनु हो । जसमा विभिन्न उत्पादनहरुले भूमिका खेलेका हुन्छन् । जस्तै लोकल तरकारी, फलफूल, अन्न वा अन्य बालीनालीहरु । लोकल पशुपक्षी र माछाका जातहरु । तिनको मासु, अण्डा, दूध आदि उत्पादनहरु ।

कुखुराको हकमा पनि लोकल कुखुरा भन्नासाथ धेरैले पुर्खाका पालादेखि पालिँदै आएका तथा नेपालमा भित्रिएर यहाँको स्थानीय वातावरण र कमसल व्यवस्थापनमा पनि हुर्कनेगरी क्षमता विकास गरिसकेका फरक खालका कुखुरा भनेर बुझ्ने गर्दछन् ।
यस भिडियोमा खासगरी रैथाने जातहरु जस्तै : प्वाँख उल्टे, साकिनी र घाँटीखुइलेका बारेमा उल्लेख गरिएको छ ।

भिडियो :