झोल मल गाउँघरमा पाइने गन्ध आउने वा तितो हुने झारपात र छिटो गल्न सक्ने साथै जडिवुटि जन्य विरुवाको पात, फूल,वोक्रो आदि कुहाएर तयार गरिन्छ ।

झोलमल : १

१७ किलो गोठमल, १६ लिटर गाईभैसीको मुत्र, १६ लिटर पानी र १ लिटर जीवातुको मिश्रण बनाउने। यसले माटो मुनीको किरा नियन्त्रण र मलको काम गर्छ।

झोलमल :२

२४.५ लिटर मुत्र, २४.५ लिटर पानी, १ लिटर जिवातुको मिश्रण। यो जाडोमा १५ दिन र गर्मिको बेला एक हप्तामा तयार हुन्छ। यसले ढुसी, विभिन्न रोग र किरा नियन्त्रण गर्छ।

झोलमल :३

सिस्नु, तीतेपाती, वनमारा, खिरो, मेवाको पात जस्ता पिरो, टर्रो खालका विरुवाको पात तथा डाँठहरू, १ लिटर जिवातु, गाईभैसीको मुत्र र पानी एक ड्रम गरी मिश्रण बनाउने। यो लाइ किरा, झुसिल किरा, पात खाने किरा नियन्त्रण गर्न प्रयोग गरिन्छ।