ललितपुर। ‘खाद्यपदार्थमा स्वच्छता हामी सवैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौले एघारौ राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७६ तेस्रो खाद्य स्वच्छता महिना, जेठ २०७६ जेठभर मनाउने कार्यक्रम तय गरेको छ ।

यसै सिलसिलामा यस कार्यालयले तारकेश्वर नगरपालिका वडा नं ३ र ५ का २२ वटा होटल/रेष्टुरेण्ट सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धि तालिम प्रदान गरेको हो  । उक्त कार्यक्रममा खाद्य स्वच्छताका पॉच मूल मन्त्र र होटल रेष्टुरेण्ट सञ्चालकलाई खाद्य स्वच्छता कायम गर्न ५० बुदाको बारेमा बृहत छलफल गरिएको थियो ।

‘हामीले ज्यादै नै उपलव्धिमूलक तालिम प्राप्त ग¥यौ ।  तालिमले हामीलाई सचेत बनाएको छ ।’ रेष्टुरेण्ट सञ्चालक सुभास नागिलाले भन्नुभयो । सवैको उत्सुकतापूर्ण सहभागिता थियो । हामीेलाई लाग्ने रोगमध्ये धेरै जसो खानेकुराकै माध्यमबाट सर्ने गर्दछ । त्यसैले खाद्य स्वच्छतामा कुनै सम्झौता हुदैन । यस कार्यालयले पहिला सचेत गराउने र पछि अटेर गरेमा कारवाहि गर्ने नीति लिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौका प्रमुख श्रीराम न्यौपानेले बताए । उनले भने ‘हामीले धेरै सचेतनाको कार्यक्रम गरेका छौ यसले धेरै प्रभाव पारेको छ ।’

यस कार्यालयले जेठ महिनाभर अन्य धेरै सचेतनाको कार्याक्रम पनि सार्वजनिक गरेको छ । घुम्ती खाद्य प्रयोगशाला समेतको प्रयोग गरी सडक किनारामा विक्रि हुने खाद्य वस्तु, होटल-रेष्टुरेण्ट लगायत खाद्य व्यवसायको दैनिक अनुगमन, उपभोक्ता भेला प्रचार प्रसार, खाद्य पोषण सम्बन्धि तालिम, खाद्य स्वच्छताको आधारमा होटल स्तरीकरण लोगो वितरण कार्यक्रम, सूचना, सन्देश प्रचार प्रसार, एस.पि.एस सरोकारवाला अन्तक्र्रिया वैठक लगायत कार्यक्रम तय गरेको छ ।

नेपालले ११ वर्षअघिदेखि मनाउ‘दै आएको खाद्य स्वच्छता दिवसलाई संयुक्त राष्टसंघको महासभाले पारित गरेसंगै अव प्रत्येक वर्ष ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस मनाइने भएको छ ।