हेटौंडा। मकवानपुरका थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाले सुत्केरी गाईभैँसीलाई पोषण योजना ल्याएका छन् । किसानको हितलाई ध्यानमा राखेर सुत्केरी गाईभैँसीका लागि निःशुल्क पोषण वितरण योजना ल्याएका हुन् ।

दुवै गाउँपालिकाले सुत्केरी गाईभैँसीलाई पोषणका रूपमा एकपटकका लागि एक हजारका दरले क्याल्सियम, लिल्टोनिक र मिनरल मिक्चर दिने व्यवस्था गरेका छन् । जसका लागि गाउँसभाबाट चालू आव ०७५/०७६ मा एक लाख बजेट विनियोजन गरेको जनाएका छन् । जुन सयजना किसानलाई एक हजारका दरले पोषणका रुपमा वितरण गरिने बताइएको छ ।

यस कार्यले कार्यपालिकाले किसानलाई पशुपालनमा सहयोग पुग्ने विश्वास गरेका छन् । भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले प्रभावकारी भए किसानको मागअनुसार आगामी आर्थिक वर्षबाट पोषणको रकम अझ बढाउने बताए ।