ललितपुर। प्राकृतिक यार्सागुम्बामा जस्तै गुण कायम राखी उत्पादन गर्न सकिने कृत्रिम यार्सागुम्बा उत्पादनमा सम्बन्धित निकाएको ध्यान जान नसक्दा लाखौं मूल्य पर्ने यार्सागुम्बाको उतपादनमा बर्षेनी कमी आएको छ ।

बहुमूल्य जडीबुटी यार्सागुम्बाको कृत्रिम उत्पादन गरेर गुणस्तर कायम गर्न सकिने नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले जनाए पनि यसको खेतीको लागि कुनै पहल हुन सकेको छैन ।

नाष्टमा कार्यरत वैज्ञानिक रामचन्द्र पौडेलले यार्सागुम्बा उत्पादन हुने अरू देशले कृत्रिम उत्पादन थाले पनि नेपालमा शुरु नभएको जानकारी दिनुभयो।

यार्सागुम्बाको संकलन तीव्र भएपछि कतिपय पाटन रित्तिँदै गएका छन् । तर, पौडेलका अनुशार रित्तिँदै गएका पाटनमा कृत्रिम रुपमा यार्सागुम्बा उत्पादन गर्न सकिन्छ ।

तिब्बतले यार्सागुम्बा पाइने पाटन मरुभूमिमा परिणत भएपछि कृत्रिम उत्पादन थालेको छ ।