
सावरसोप लाई ग्रभायोला पनि भनिन्छ । सावरसोप सधा हरियो रुखको रुपमा रहन्छ । यसको बैज्ञानिक नाम (Annona muricata) हो भने यसको परिवार अन्नोनासीहो । यसको फल काँडा भएको हुन्छ र यो खान योग्य हुन्छ। सावरसोप प्राकृतिक रुपमा धेरैनै बिस्तारै बढ्ने रुख हो ।
काठमाडौं उपत्यका लगायत मध्यपहाड र तराईका शहरहरूमा पनि घरघरै रोपेर सावरसोपको उपयोग गर्न सकिन्छ ।
नेपालमा सावरसोपको व्यावसायिक खेती गर्न सक्दा स्वास्थ्य रक्षासँगै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । तराईमा यसको व्यावसायिक नर्सरीको संभावना धेरै छ । यसको लागि नेपाल सरकारको कृषि मन्त्रालयले थप अनुसन्धान तथा व्यावसायिक खेती विस्तारको नीति ल्याउनु आवश्यक छ ।
समस्या :
सावरसोपको खेतीमा धेरै समस्याहरु देखिन्छ । जसमध्ये मौसम र किराहरु पर्छन । सुक्खा पन र चिसो पन दुबैले सावरसोपको पात झर्दछ । विरुवाको वृद्धिमा ह्रास आउँछ र फल पनि ढिलो फल्छ । सावरसोपको अर्को समस्या भनेको यसको गन्ध हो यसलाई रुखमा पाक्न दिनु हुँदैन ।
क्यान्सरको दुश्मन सावरसुप:
मेक्सिको, थाइल्याण्ड, सिंगापुर, मलेशिया लगायतका देशमा परम्परागत रूपमा पेट सम्बन्धी रोग, टाउको दुख्ने, ज्वरो आउने, वाक्वाकी लाग्ने र गर्भ सुरक्षाको लागि प्रयोग गरिंदै आएको पाईन्छ। यसको फल, पात र बोक्रामा धेरै औषधीय गुण हुन्छ। सावरसुपको फलमा कार्बोहाइट्रेड, भिटामीन सी, बी, र बी–२, क्याल्सियम, म्याग्नेसियम, जिङ्क, पोटासियम र फस्फोरस पाइन्छ।
सावरसोपको जूस, क्याण्डी, वाइन, सर्बत, आइसक्रिम, चकलेट, जेली, जाम र भिटामिन सिरप चल्तीमा छ। सावरसुपको फल सुगरका बिरामीका लागि बढी उपयोगी मानिन्छ।
नोट : थप जानकारी चाहिएमा डा. खेमराज भट्टराई
यस लेखको उदेश्य केबल सावरसोप खेतीको बारेमा आम किसान सम्म जानकारी पु¥याउने मात्र हो ।