ललितपुर। पशु सेवा विभागका महानिर्देशकमा डा. वंशी शर्मा नियुक्त भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ८ वैशाखको निर्णय अनुसार मन्त्रीस्तरीय निर्णयबाट शर्मा आइतबार महानिर्देशक पदमा नियुक्त भएका हुन् ।

प्रदेश २ को कृषि, भूमि विकास तथा सहकारी मन्त्रालयको सचिवमा जिम्मेवारी समहालेका शर्मा संघीय सरकारको कर्माचारी समायोजनमा परेका हुन् ।

मन्त्रालयलले महानिर्देशकको जिम्मेवारी दिए संगै उनी विभागको २० औं महानिर्देशकको रुपमा नियुक्त भएका छन् । शर्मा लामो समयदेखि कृषि मन्त्रालयअन्तर्गत पशुपन्छीका विषयगत नियकाहरुमा रही कार्य गर्दै आएका थिए ।

हालका महानिर्देशक डा. विमल कुमार निर्मललाई मन्त्रालय तानिएका छ ।

तस्विर : फेसबुकबाट