बर्दिया। गेरुवा गाउँपालिका, गाउँपालिकाको कार्यालय, पशुपतिनगर, बर्दियाले आर्थिक वर्ष २०७५/ ०७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार व्यावसायिक तरकारी तथा तरकारी बिरुवा उत्पादनको लागी हाइटेक नर्सरी घर निर्माण गर्नका लागि अनुदान दिने भएको छ। उक्त गाउँपालिकाबाट इच्छुक उद्यमी/ कृषक समूह तथा कृषि सहकारीहरूलाई समयमा नै निवेदन बुझाइ अनुदान लिनका लागि अनुरोध गरिएको छ।

कसले निवेदन दिन पाउँछन्?

इच्छुक उद्यमी/ कृषक समूह तथा कृषि सहकारीहरूले निवेदन दिन पाउँछन्

केके कागजात चाहिन्छ?

रू. १५ को टिकट टाँसेको आवेदन फारम

नेपाली नागरिकताको फोटोकपी

ग्गाधनी पूर्जा वा ठेक्का भए कम्तीमा १० वर्षसम्म ठेक्का लिएको आधिकारिक करार पत्र

घटीमा १० वर्षसम्म प्रस्तावित व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पत्र

तोकिएको स्पेशिफिकेसन सहितको प्रस्ताव

कृषक समूह/ कृषि सहकारी/ कृषि फर्म भए सम्बन्धित निकायबाट दर्ता प्रमाण पत्र र नवीकरणको प्रमाणित फोटोकपी

निवेदन फारम कहाँबाट लिने?

निवेदन फारम वडा कार्यालय वा गेरुवा गाउँपालिका कृषि शाखाबाट नि:शुल्क रूपमा लिन सकिन्छ।

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

निवेदन यही मिति २०७६/०१/१४ गते भित्र बुझाइसक्नुपर्छ।

कहाँ सम्पर्क गर्ने?

गेरुवा गाउँपालिका पशुपतिनगर, बर्दिया: ९८५८०३८१११, ९८५८०९०४४१, ९८५८०३८११३

इमेल: geruwamun@gmail.com  / info@geruwamun.gov.np

वेबसाइट: www.geruwamun.gov.np