स्याङजा। भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले सरकारी जग्गा व्यक्तिका नाममा कुनैपनि हालतमा दर्ता नहुने बताउनुभएको छ। स्याङ्जाको चापाकोटमा आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सर्वोच्च अदालतकै फैसला आएपनि सरकारी जग्गा व्याक्तिका नाममा दर्ता गर्न नसकिने बताउनुभएको हो । उहाँले त्यस्तो सपना नदेख्न समेत आग्रह गर्नुभयो ।

यदि कसैले त्यस्तो सपना देखेको छ भने त्यो सपना नदेखे हुन्छु, मन्त्री अर्यालले चेतावनी दिनुभयो । आफ्नो एउटै मात्र उद्देश्य मालपोत र नापी कार्यालयमा हुने गरेका बेथितिको अन्त्य गर्नु रहेको भन्दै उहाँले कुनैपनि बहानामा नअलझिने बताउनुभयो । यताउता केही गरेर प्रभावमा पार्ने सोचेको भए त्यो ठुलो भुल हुने मन्त्री अर्यालको भनाइ थियो ।

जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताउदै मन्त्रालयले मालपोत र नापी कार्यालयमा रहेका श्रेस्तालाई कप्युटर प्रणालीमा सुरक्षित राख्न कार्यालयमा रहेका पुराना कागजपत्रलाई स्क्यानिङ गर्ने काम भइरहेको बताउनुभयो ।

समपत्तिको रक्षा गर्नु सरकारको कर्तव्य रहेको स्मरण गरराउँदै मन्त्री अर्यालले सरकारी जग्गा हडप्छु भन्ने कु मानसिकता कसैले बोकेको भए सो त्याग्न चेतावनी समेत दिनुभएको छ ।