ललितपुर। बीमा समितिले अलैंची खेतीलाई पनि बीमामा समेटिएको छ । अलैंची को बीमा गर्न न्यूनतम ३०० बोट (गाँजा) हुनु पर्ने बीमा समितिले जनाएको छ । यस्तोे बीमा बिरुवा रोपिएको वर्षदेखि १६ वर्षसम्म गर्न सकिन्छ । किसानका अनुसार अलैंचीले बढीमा लगाएको ३६ वर्षसम्म उत्पादन दिन सक्छ । यही उत्पादन अवस्थालाई हेरेर बढीमा १६ वर्षसम्म बीमा गर्न पाउने व्यवस्था गरिएको हो ।

अलैंची बीमाले रक्षावरण हुने जोखिम :
आगलागी, चट्याङ, भूकम्प, बाढीरडुबानरखडेरी, पहिरोरभूस्खलन, आँधीबेहरी, असिना, हिँउ वा तुषारो, आकस्मिकरदुर्घटना र बाह्य कारण, कीरा तथा रोगबाट हुने हानिनोक्सानी

बीमांक र बीमा शुल्कको गणना :
पहिलो वर्ष लागत मूल्य (प्रतिहेक्टर) र बिरुवाको संख्या (प्रतिहेक्टर) को आधारमा बीमांक गणना गरिन्छ । त्यसपछि दोस्रो र तेस्रो वर्ष बीमांक रकम ८ प्रतिशतले बढ्छ । यसैगरी चौथो वर्षदेखि १६औं वर्षसम्म बीमांक रकम प्रतिवर्ष २० प्रतिशतका दरले वृद्धि हुने व्यवस्था छ । यसरी गणना गरिएको बीमांकको ५ प्रतिशतका दरले बीमाशुल्क तोकिन्छ । प्रत्येक वर्ष नयाँ बीमांक गणना हुने भएकाले सोही अनुसार प्रत्येक वर्ष रकमको आधारमा बीमा शुल्क परिवर्तन हुन सक्छ ।

बीमा शुल्कमा ७५ प्रतिशत अनुदान :
अलैंचीको बीमा गर्दा लाग्ने पूरै बीमा शुल्क किसानले बेहोर्नु पर्दैन । सरकारले कृषि बीमालाई प्रभाकारी बनाउन बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । यसअनुसार किसानले अलैंचीको बीमा गर्दा बीमा शुल्कमा तोकिएको अनुदान पाउन सक्छ । सरकारले २०७० सालदेखि कृषि बीमामा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो भने त्यसलाई संशोधन गर्दै १०७१ यता यो सीमालाई ७५ प्रतिशतसम्म पुर्‍याएको छ ।

दाबी प्रक्रिया :
रक्षावरण भएका जोखिमहरूबाट ५ प्रतिशतभन्दा बढी नोक्सानी भएमा किसानले क्षतिपूर्तिको दाबी गर्न पाउँछन् । साथै, बीमा अवधिभर ७५ प्रतिशतभन्दा बढी क्षति भएमा पूर्ण क्षति अनुसारको दाबी भुक्तानी पाउने व्यवस्था छ ।

तोकिएको जोखिमका कारण अलैंची खेतीमा नोक्सानी भएमा १५ दिनभित्र कम्पनीमा दाबी पेश गर्नुपर्छ । दाबी पेश गर्दा सक्कली बीमालेख, दाबी फाराम, प्राविधिकको प्रतिवेदन, मुचुल्का, क्षति भएको अलैंचीको फोटो लगायत कागजपत्र किसानले समावेश गर्नुपर्छ । त्यसपछि कम्पनीहरूले आवश्यक प्रक्रिया पु¥याएर किसानलाई वास्तविक क्षतिको ९० प्रतिशत दाबी भुुक्तानी गर्छन् ।