कञ्चनपुर। दूध बिक्री नभएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरस्थित सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारीले सोमबार पूर्व पश्चिम राजमार्गमा विरोध स्वरुप दूध पोखेका छन्।

दुग्ध विकास संस्थान अत्तरियाले दूध समयमै नउठाएपछि सहकारीले संकलन गरेको २०० लिटर दूध  सडकमा पोखेर विरोध गरेका हुन्। शुक्रबार उठाउनु पर्ने दूध संस्थानले नउठाएपछि सहकारीका पदाधिकारीले सडकका पोखेका छन्। एक दिनको दूध बिग्रिँदा दश हजार बढीको नोक्सान भएको सहकारीका अध्यक्ष विक्रमबहादुर भण्डारीले जानकारी दिए।

तीन दिनमा दूध उठाउनु पर्नेमा छ दिनमा समेत संस्थानका कर्मचारीको लापरवाहीका कारण दूध उठन नसकेपछि बिग्रिएको पोखे्रलले बताए। संस्थानका कर्मचारीले गाडी विग्रिएको र आउँदै गरेको बहाना गर्ने गाडी नपठाउने गरेको उनको भनाई रहेको छ। सहकारीले दैनिक ७०० लिटर दूध संकलन गर्दै आएको छ।त्यस मध्ये संस्थानले २५० लिटर दूध मात्रै खरिद गर्दै आएको छ। गाडी खराव भएका कारण आउन सकिएन संस्थानको अत्तरिया कार्यालयका प्रमुख गोविन्द लेखकले बताए।

संस्थानले दुई ५० लिटर दूध उठाउने मात्रै हो उनले भने, ‘सम्झौता अनुसारको दुध उठाएका छौं। त्यस भन्दा बढी दूध सुरक्षित गर्ने र बिक्री गर्ने जिम्मा सहकारीको हो।’ दूध बिक्री हुन छडेपछि यस क्षेत्रका दुग्ध उत्पादमा लागेको किसान निकै चिन्तित भएका छन्।