फेटा। बारा र पर्सामा आइतबार आएको शक्तिशाली हावाहुरीले २ हजार २ सय ५० पशुचौपाया र ५ हजार कुखुरा मरेको अनुमानित तथ्यांक संकलन गरिएको छ । प्रभावित क्षेत्रमा खटिएका पशुसेवा विभागअन्तर्गत राम परीक्षण साह नेतृत्वको टोलीले सो विवरण संकलन गरेको हो । उनका अनुसार हावाहुरीमा परी ४०० भैसी, १ हजार ५०० बाख्रा, २०० गाई र १५० गोरु मरेका छन् । त्यस्तै, बरिब ३ हजार पशुचौपाया घाइते भएको अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा विभागअन्तर्गतको विज्ञ केन्द्र पर्सा र सम्पर्क केन्द्र बाराले संयुक्त रुपमा झण्डै २ सय पशुचौपायको उपचार गरेको छ ।

पशु सेवा विभागबाट पशु चिकित्सकको टोली बारा जाँदै :

पशु सेवा विभागका महानिर्देशक विमल कुमार निर्मलका अनुसार पशु सेवा विभागबाट पशु चिकित्सतसहितको टोली हावाहुरी प्रभावित क्षेत्रमा जाँदै छ । ‘टोली मुभ भइसकेको छ,’ उनले भने, ‘मंगबार विहान ८ बजेबाट प्रावित क्षेत्रमा शिविर लगाई घाइते पशुको उद्दार तथा उपचार सुरु हुने छ ।

विभागका वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलको संयोजकत्वमा ३ जनाको टोली प्रावित क्षेत्रमा गएको उनले जानाकरी दिए । टोलीले प्राथमिक उपचारका लागि आवश्यक औषधि, भ्याक्सिनलगायत सामग्रीसमेत प्रावित क्षेत्रमा लैजाँदै छ ।

फोटो : फेसबुक साभार (सुभक महतो)