सुर्खेत। कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रमाणि खनालले कर्णाली प्रदेशबाट अर्गानिक अभियानको शुरुवात गरेका छन् ।  बुधबार वीरेन्द्रनगरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खनालले ‘१० वर्षभित्र देशलाईनै अर्गानिक बनाउने लक्ष्य लिएको बताए उनले , ‘त्यसको सुरुवात कर्णाली प्रदेशबाट गरेको जानकारी दिए।’  अन्य प्रदेशको तुलनामा कर्णालीमा विषादीको प्रयोग कम रहेकाले कर्णालीबाट अर्गानिक अभियानको सुरुवात गरिएको मन्त्री खनालको भनाई थियो ।

कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश निर्माणका लागि विधेयक तयार गरेको बताउँदै तीन तहकै सरकारको समन्वयमा अर्गानिक प्रदेशको आधार तयार गरिने बताए। उनले कृषिको उत्पादकत्व बढाउनका लागि व्यक्तिका नाममा रहेका जमिनलाई सहकारीमार्फत प्रयोगमा ल्याइने बताए।