ललितपुर। अब मुलुकभर उत्पादित १५१ प्रकारका चिया एउटै छानामुनि पाइने भएको छ । हिमालयन आमा टी (एग्रो प्रोडक्ट) संचालनमा आएसंगै १५१ प्रकारका चिया एउटै छानामुनि पाउन सकिने भएको हो।

हिमालयन आमा एग्रो प्रोडक्ट्सका अध्यक्ष अमृत घलेले विश्वभर चिया पु¥याउने उद्देश्यले एग्रो प्रोडक्ट संचालनमा ल्याएको जानकारी दिनुभयो।

राजधानीको बौद्धमा सञ्चालनमा आएको ‘हिमालयन आमा टी’ का संचालक घलेले चिया पारखिको माग अनुशार शाखा विस्तार गर्ने योजना रहेको बताउनुभयो । उनले अर्गानिक चिया बिक्रीका लागि नेपालका सय बढी स्थानमा स्टल खोल्ने जानकारी दिए । यसैगरी, युरोप र खाडी मुलुकमा समेत यसको बजार प्रवद्र्धन गर्ने बताउँदै उनले अर्गानिक चिया उत्पादनका लागि आफूले पहाडी भेगमा ५२ हजार रोपनी र तराईका १० हजार विघा जग्गामा अर्गानिक चिया र कफी खेती गरिने लक्ष्य लिएको बताए ।

एग्रो प्रोडक्टका अध्यक्ष घलेले कृषक र आफूहरूबीच बिचौलिया नहोस् भन्नका लागि कृषकलाई बीउविजनदेखि मलसमेत आफंैले खरिद गरिदिने र उत्पादन पनि अरूभन्दा महँगोमा खरिद गर्ने बताए । उनले स्वदेशी किसानबाट ४० प्रतिशत र आफैंले ६० प्रतिशत चिया उत्पादन गर्ने लक्ष्य लिएको बताए ।

उनले आफ्नो यस घले गु्रपको भगिनी संस्था हिमालयन आमा टी (एग्रो प्रोडक्ट) ले पहाडमा ५४ हजार रोपनी र तराईमा १ हजार बढी बिघा जमिनसमेत लिइसकेको जानकारी दिए । उनले हरेक आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा हिमालयन टीकै उत्पादन राख्नेगरी योजना बनिरहेको समेत बताए ।