सर्लाही। सामान्य लगानीमा राम्रो आम्दानी लिन सकिने भएपछि सर्लाही जिल्लाका किसान नगदे बाली ‘क्यामोमाइल’ खेतीतर्फ आकर्षित भएका छन् ।

क्यामोमाइलको फूल मेसिनमा पेलेपछि तेल निकाल्न सकिन्छ । उक्त तेल सुगन्धित वस्तु उत्पादनका लागि प्रयोग गरिने किसानको भनाई छ । सर्लाहीको लालबन्दिमा व्यवसायीक रुपमा क्यामेमाईल खेती गर्दै आउनु भएका सिताराम दहाल यसको अन्तर्राष्ट्रिय बजारमा धेरै माग रहेको बताउनुहुन्छ । क्यामोमाइल तेल ४० हजार रुपैयाँ लिटरमा बिक्री हुने गरेको उहाँको भनाइ छ ।

सर्लाहीको लालबन्दिमा रहेको कृषि वन तथा वातावरण समाजका अध्यक्ष समेत रहेका दहालले अहिले ४ हजार हेक्टरमा क्यामोमाईल लगाएतका जडिबुटी खेती गर्दौ आउनु भएको छ ।

३ सय पचास भन्दा बढिलाई रोजगारी दिनुभएका दहाल क्यामोमाईल लगाएको ४५ दिन पश्चात यसबाट मूनाफा लिन सकिने बताउनुहुन्छ ।

उहाँका अनुसार जडीबुटी खेतीमा संलग्नका लागि बजार व्यवस्थापन, खेती प्रविधि सुधार, पोष्ट हारर्भेष्ट, किसान र व्यापारीबीच समन्वय लगाएतका सम्पूर्ण कार्य कृषि वन तथा वातावरण संरक्षण समाजले संचालन गर्दै आएको छ । जसबाट जडीबुटीमा संलग्नले सहजै उत्पादन लिनेदेखि बजारमा बेच्न सकेको उहाँले भनाई छ । जसले जडीबुटी खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।

जडीबुडी समूहमा पर्ने क्यामोमाइलको अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य र माग भएकोले निर्यात बढाउन राज्यले लगानी गरे यसबाट देशले फाईदा उठाउन सक्ने उहाँको भनाई छ ।