चितवन। नेपालमा पैसा कमाउने कुनै बाटो नदेखेर विदेशीएका अमर सुवेदी यतिबेला परिवारसंग खुसी छन् कारण हो उन्ले शुरु गरेको गोलभेंडा खेती र त्यसबाट हासिंल गरेको सफलता ।

चितवन भरतपुर वडा नं २५ वस्दैं आएका सुवेदीले तरकारी खेती गर्न थालेको २५ वर्ष भैसक्यो तर, उन्लाई सफल बनायो गोलभेंडा खेतीले ।

२५ वर्ष अघि मलेसीया गएर सुवेदी २ वर्ष मात्रै मलेसिया वसे र पछि नेपाल फर्किएर तरकारी खेतीमा लागे । उनले २ विगाह क्षेत्रफलमा गोलभेडा लगाएका छन् भने वाकि क्षेत्रफलमा अन्य थुप्रै तरकारीहरु लगाएका छन् । पछिल्लो समय खेतमा काम गर्न किसानहरुको समस्या रहेको उनले वताए । अहिले ४ जना कर्मचारी रहेको र ज्यालामा १२/१५ जना रहको उनले वताए ।

साथिभाईको प्रेरणाबाट गोलभेंडा खेती शुरु गरेका सुवेदीले हाल ७ विघामा गोलभेंडा र विभिन्न तरकारी लगाएका छन् । ७ विगाह जमिन भाडामा लिएर काम गरीरहनु भएका उनी वार्षिक प्रति विगाह ४० हजारका दरले भाडा तिरीरहेका छन् ।

विदेश बस्दा त्यहाँ पाएको दुख सम्झदैं सुवेदी भन्छन् सुन “छोडेर नुन खोज्न जाने हामि नेपाली मुर्ख हौं ।”

मुलुकमै बसेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका सुवेदी भन्छन्, ‘स्थानीयले रोजगारी पाएका छन्, कमाइ पनि राम्रै भएको छ ।’

प्रधानमन्त्रि कृषि आधुनीकरणको तरकारी जोन लागु भएपनि अनुदानको लागी कार्यालयको गुलामी वन्नु परेको उन्को आरोप छ । तरकारी उत्पादन गर्ने असल्ली किसान नचिनेको भन्दै अनुदानका लागी राज्यका निकायहरुले किसानलाई चिन्नु पर्ने उन्को भनाई छ।

गोलभेंडा युग :

नेपालमा अहिले गोलभेंडाको युग छ भने पनि हुन्छ । हाम्रो कथाले गोलभेंडा खेति गरेर मालामाल हुने अन्य केही मेहेनतीहरुको कथा प्रकाशित गरिसकेको छ । अहिले नेपालीको भान्सामा नभई नहुने तरकारी बनेको छ गोलभेंडा । होटल रेष्टुराँलाई नभई नहुने तरकारी बनेको छ गोलभेंडा ।

मानिसको मुखले मौसम भन्दैन, बेमौसममा पनि मौसमी तरकारी खोज्छ । यही कारण गोलभेंडा खेतिले गाउँगाउँमा महेनेती किसानहरुको जीवनमा चमत्कार गरिरहेको छ । गोलभेंडा फल्ने मौसममा मात्र होइन, बेमौसममा पनि पनि प्रचुर माग हुन्छ । त्यसैले बेमौसमी गोलभेंडा खेतिले झन धेरै फाइदा दिन्छ ।