उदयपुर। कटारी नगरपालिका–११ का किसानले यस वर्ष अदुवा बिक्री गरेर करोडौं रुपैयाँ आम्दानी गरेका छन्।

किसान पूर्णवीर राउतका अनुसार यस वडाका गहुँबारी, गोठडाँडा र आसपासका क्षेत्रबाटले असोजदेखि अहिलेसम्म करिब एक हजार ८५० टन अदुवा बिक्री गरिएको छ। ‘बारीबाटै प्रतिकिलो ८० रुपैयाँमा बिक्री भयो,’ उनले भने, ‘उक्त भाउले करिब १५ करोड रुपैयाँ आम्दानी भयो।’ तर, यकिन तथ्यांक राख्ने संयन्त्र नहुँदा अनुमान लगाउनुपर्ने राउतको भनाइ छ।

अदुवा खरिद गर्न विराटनगर, धरान, काठमाडौंका साथै भारतबाट समेत व्यापारी आउने गरेको किसानहरु बताउँछन्। वडा नम्बर ११ का अध्यक्ष दीपक बुढाथोकीले अदुवा खेतीलाई व्यवसायिक बनाउैदै लाने बताए। ‘अदुवाले नै गाउँको मुहार फेर्दै लगेको छ,’ उनले भने, ‘अदुवा बिक्री गरेर यस क्षेत्रका एउटा किसान न्यूनतम दुई लाख रुपैयाँ आम्दानी गर्छ।’

कटारीमा उत्पादन हुने अदुवा नक्सलबारी हुँदै भारतमा निर्यात गर्ने गरेको अदुवा व्यावसायी विलटेश्वर साह बताउँछन्। ‘अदुवा उत्पादन भए पनि गुणस्तरीय नहुँदा निर्यातमा समस्या छ,’ व्यवसायी साहले भने, ‘किसानले राम्रो मूल्य लिए पनि गुणस्तरीय अदुवा दिन नसक्दा भन्सारमा रोकिने गरेको छ।’ भारतीय भन्सार नाकाबाट धुलाइ नगरेको ९नपखालेको० अदुवा पास नहुँदा समस्या हुने गर्छ।