काठमाडौ। नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)को नयाँ कार्यसमिति चयन भएको छ । जोनाको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा गोविन्दप्रसाद घिमिरे सहित १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा निमेष अधिकारी, महासचिवमा पवन श्रेष्ठ, सचिवमा सुमनराज पन्त, कोषाध्यक्षमा हरिप्रसाद शर्मा, सहकोषाध्यक्षमा सुविना केसी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा राजाराम कार्की, सविन धमला,गोपाल आले मगर,कौशिला कुँवर, अर्पणा आले मगर, गोमा पाण्डे र किरण अर्याल चयन भएका छन् ।

कृषिक्षेत्रमा कलम चलाउने पत्रकारहरुको छाता सगठनको रुपमा रहेको यस सस्था २०७० मा स्थापना भएको थियो ।