रामपुर। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा एवम् मत्स्य विज्ञान संकायको स्नातकोत्तर प्रवेश परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

माघ २० गतेसम्म दिएको समय सीमासम्म प्रशासनले कुनै कदम नचालेको हँुदा माघ २१ गतेदेखि सम्पूर्ण संकायका पठनपाठन बन्द गरिएको नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसनले जनाएको छ ।

नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसनका कार्यवाहक अध्यक्ष रामचन्द्र जोशीका अनुसार माघ ५ गते लिएको उक्त परीक्षाको नतिजालाई लिएर सम्पूर्ण भेटेरिनरी विद्यार्थी आन्दोलित हुँदै आएका हुन् ।