सिन्धुली। जिल्लामा पछिल्लो समय कृषकहरुमा श्रम अनुसारको राम्रो आम्दानी हुने भएका कारण मौरी पालन गर्ने कृषकको संख्या बढ्दै गएको छ । अन्य व्यावसायको तुलनामा श्रम र लगानी कम गरेर पनी संचालन गर्न सिकिने मौरीपालन व्यवसायवाट राम्रो आम्दानी हुने भएका कारण व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सख्या बढ्दै गएको हो ।

जिल्लाका कतिपय किसानले वर्षमा ६० देखि ७० घार मौरी बिक्रि गर्ने गरेका छन । एक घार मौरीले वर्षमा १० देखि १५ केजीसम्म मह उत्पादन गर्ने गरेका छ । अरु व्यावसाय भन्दा मौरी पालन व्यवसाय गर्न सजिलो हुने र आफुले विगत १५ वर्ष देखी व्यावसायिक मौरीपालन गर्दै आएको सिन्धुली भिमान डाँडाटोलका किसान जीवनाथ बराल बताउँछन ।

आफ्नै गाउँघरमा हुने फूल तथा तोरीको फूलको रस नै मौरिको लागि उत्तम खाना मानिन्छ । बरालले आधुनिक मौरी घार बनाउनुका साथै व्यावसायिक मौरीपालन पनि गर्दै आएका छन । ‘आपूmले बनाएको आधुनिक मौरीका घारहरु जिल्लामा मात्र नभई धनकुटा, इलाम, भोजपुर लगायतका जिल्लामा समेत बिक्रि गर्ने गरेको छु,’उनले भने । किसानले सहज रुपमा घार उपलव्ध नहुने भएकाले मौरीपालन व्यवसायलाई निरन्तरता दिन नसकेका बेला बरालले भने वर्षमा ६० भन्दा बढी घारहरु बनाइरहेका छन । धेरै घारहरु चाहिँ माग अनुसार बनाउने गरेको उनको भनाइ छ ।

घार निर्माण सँगसगै व्यावसायिक रुपमा मौरीपालन गरेर आफ्नो आर्थिक उपार्जनमा पनि परिवर्तन गर्न वराल सफल भएका छन । एकपटकमा ५० देखि ६० केजी मह निकाल्ने गरेको उनको भनाइ छ । अहिले बजारमा एक किलोको पाँचसय रुपैया भन्दा वढिमा मह बिक्रि हुने गरेको छ ।

मौरीका आधुनिक जातहरु, मौरीपालन व्यवसायसँग सम्बन्धित नयाँ प्रविधि लगायतका बारेमा किसानलाई जानकारी गराउने हो भने मौरीपालक किसानले जिवीकोपार्जनका लागि अरु उपायहरु खोज्नु नपर्ने विगत आठ वर्ष देखी मौरी पालन व्यवसाय गर्र्दै आएका सिन्धुलीको फिक्कलका किसान कमल थापा वताउछन् ।

थापाले करिव एक पटकमा ४० केजी भन्दा वढि मह उत्पादन गर्दछन् । थापाले उत्पादन गरेको मह सिन्धुली सदरमुकाम टाढा भएका कारण उदयपुरको घुर्मी लगाएतका वजारहरुमा बिक्रि हुने गर्दछन् ।

जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका अनुुसार सिन्धुलीमा पाँच देखि सातसय किसानले व्यावसायिक रुपमा मौरीपालन गर्ने गरेका छन । सिन्धुलीमा प्रति घार १० देखि १५ केजी मह उत्पादन हुने गरेको छ ।