ललितपुर। भारतले आफ्नो देशमा आयात गर्नका लागि सूचीकृत नभएको भन्दै एक्कासी ५४ प्रकार जडीबुटीको निकासीमा रोक लगाएपछि नेपाल–भारत सीमा नाकामा जडिबुटी थन्किएका छन् ।
भारत निकासीमा अबरोध भएपछि जडिबुटीको मूल्य दोब्बरले घटेको छ । नेपाल जडिबुटी ब्यवसायी संघका अनुसार अहिले नेपालगञ्ज, भैरहवा, काकडभिट्टा, बीरगंज लगायतका नाकामा जटिबुटी थन्किएर बनेसका छन् । सबैभन्दा बढी निर्यात हुने टिमुर, पखालबेद, तेजपत्ता, रिठ्ठाजस्ता जडीबुटीको विक्री गरेर आम्दानी गरौंला भनेर बसेका किसानी र व्यवसायी अकस्मातको प्रतिबन्धले निरास बनेका छन् ।









