बुटवल। प्रदेश नम्बर ५, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको पक्षमा आएको बजेट दुरुपयोग हुन नदिने बताएकी छन् ।

विगतका बर्षहरुमा किसानकालागि आएको अनुुदान लगायतका बजेट दुरुपयोग भए गरेको किसानहरुको गुनासो आएको भन्दै उनले अव कुनै पनि हालतमा यस्तो हुन नदिने बताइन् ।
सोमबार राष्ट्रिय कृषक समुह महासंघ नेपालको प्रदेश नम्बर ५ प्रथम अधिवेसन तथा प्रदेशस्तरिय कृषि विकास ऐन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कुनै पनि हालतमा किसानको हितमा आएको बजेट दुरुयोग हुन नदिने बताएकी हुन् ।

किसानको उत्पादन बजारीकरण र विचौलिया न्युनीकरणका लागि प्रदेश सकारले विभिन्न स्थानमा सहकारी बजार स्थापना गर्ने योजना अगाडी बढाएको उनले बताइन् । किसानहरुले सहज रुपमा कृषि कर्जा नपाएको गुनासो आएको भन्दै मन्त्री पौडेले सरल रुपमा कृषि कर्जाप्रवाह गर्ने वतावरण बनाउन मन्त्रालयले कुनै पनि कमी नराख्ने प्रतिवद्धता जनाइन ।

कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघका केन्द्रीय अध्यक्ष उद्यव अधिकारीले किासनमुखि कार्यक्रम ल्याउन सरकारसंग आग्रह गरे । उनले दस्तावेजको आधारमा किसानले पाउने अनुदान भन्दा पनि किसानहरुको बास्तवीक कर्मलाई समेटर मात्रै अनुदान लगायतका कार्य अगाडी बढाउन सुझाव दिए ।

राष्ट्रिय कृषक समुह महासंघ प्रदेश ५ का संयोजक सर्वजित विष्टले किसानहरुलाई अधिकार सम्पन्न गराउनुपर्ने बताए ।उनले मन्त्रालयको वरीपरी धाउने किसान नाम धारीहरु भन्दा पनि वास्तविक किसानहरुलाई अुनदान लगायतको कार्यक्रम ल्याउन माग गरे ।

कार्यक्रममा प्रदेश नम्बर ५ का ६ वटा जिल्लाका किसान समुहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, दाङ्ग, सल्यान , नवलपरासी, कपिलवस्तु र रुकुम बाट भेलामा किसानहरु सहभागी भएका छन् । भेलाले प्रदेश नम्बर ५ स्तरिय राष्ट्रिय कृषक समुह महासंघ नेपाल गठन गर्ने कार्यक्रम समेत रहेको छ ।