काठमाडौं। चिया उत्पादक संघले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न नसकिने घोषणा गरेको छ ।

संघका अध्यक्ष सुरेशकुमार अग्रवालले बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अन्य क्षेत्रमा जस्तो सजिलो नभएको भन्दै चिया उद्योगमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न नसकिने बताए ।

सरकारले कही हप्ताअघि सबै श्रमिकका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा कार्यक्रम घोषणा गरेको थियो, जसमा सबै मजदुरलाई योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था समेत छ ।

अध्यक्ष अग्रवालले सरकारको उक्त योजनामा चिया उद्योगको २० प्रतिशत सहभागिता समेत हुन नसक्ने बताए । ज्याला वृद्धि भएर चिया उत्पादकले व्ययभार थेग्न नसकेको भन्दै यसमा ध्यान दिन सरकारसँग आग्रह गरे । अध्यक्ष अग्रवालले भारतमा भन्दा नेपालमा चियाको उत्पादन लागत बढी हुदा भारतीय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो परेको पनि उल्लेख गरे ।

उनले श्रम ऐन संशोधन गरेर चिया क्षेत्रका लागि छुट्टै व्यवस्था हुनुपर्ने तर्क गरेका छन् । १० प्रतिशत नाफा दिएर सरकारले खरिद गर्नुपर्ने उद्योगी माग छ ।