ललितपुर। सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

विहीबार सरकारले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले साना किसानको ऋण सरकारले तिरिदिने उद्घोष गरेका हुन् ।