काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले भूमि व्यवस्थामा देखिएका समस्या समाधानका लागि ऐन तथा नियमको तर्जुमा भइरहेको बताएकी छिन् । काठमाडौंमा शनिवार आयोजित एक साक्षात्कारमा उनले कानून निर्माण नभएसम्म भूमिसम्बन्धी समस्या समाधान गर्न नसकिने स्पष्ट पारिन् ।

उनले भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासी, जोखिमयुक्त क्षेत्रका बसोवासी, मोही र जमीनदारबीचको समस्यालाई वर्गीकरण गरी समस्या समाधानतर्फ लाग्ने उल्लेख गरिन् ।

सुकुम्वासी समस्या समाधानका लागि शक्तिशाली आयोग बनाउन लागेको पनि उनले स्पष्ट पारिन् । गुठीसम्बन्धी नयाँ ऐन ल्याइने तथा गुठीलाई प्राधिकरणमा लैजाने तयारी सरकारले गरिरहेको उनको भनाइ थियो ।