काठमाडौं। सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को बितेका चार महिनाको अवधिमा विभिन्न जिल्लामा रहेका ५२ वटा खानेपानी उद्योगमा सिलबन्दी गरेको छ ।
मापदण्ड पूरा नगरी पानी उद्योग सञ्चालन अनुगमन कर्ताले फेला पारेकाले सरकारी अनुगमन टोलीले ती पानी उद्योगमा सिलबन्दी गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुगमन टोलीले सो उद्योगमा सिलबन्दी गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी गराएका हुन् । सामान्य मापदण्ड पनि पूरा नगरी सञ्चालित ५२ वटा पानी उद्योग र विराटनगरमा सञ्चालित ११ वटा पानी उद्योगमा सिलबन्दी गरिएको हो ।
यस्तै, मोरङमा सञ्चालित श्री गंगा जल उद्योग, गोमा रानी उद्योग, शुभ जल उद्योग, बुढीगंगालगायतका ११ वटा पानी उद्योगमा सिलबन्दी गरेको छ । यस्तै, मकवानपुर, चितवन, रुपन्देही, बारा, झापा, बुटवललगायतका जिल्लामा सञ्चालनमा आएका पानी उद्योग मापदण्ड पूरा नगरेर सञ्चालनमा ल्याइएको भन्दै सिलबन्दी गरेको विभागको तथ्यांकमा उल्लेख गरेको छ ।
यस्तै, मकवानपुर बेभरेज प्रालिमा र मकवानपुरमै रहेको शुभ बेभरेज इन्ड प्रालि, नेचुरल बेभरेज मकवानपुरमा रहेका पानी उद्योगमा सिलबन्दी गरिएको हो । यस्तै, चितवनमा रहेका पानी उद्योग ओम जल उद्योग, ब्रदर्स फुड एन्ड बेभरेज, प्रधान मिनिरल वाटर एन्ड बेभरेज इन्डस्ट्रिज चितवनलगातयका उद्योगमा सिलबन्दी गरेको छ । यस्तै, मापदण्ड पूरा नगरेको भन्दै १२ असोजमा मणि खानेपानी सेवा धापासी र मराइन बेभरेज प्रालि टोखामा रहेको पानी उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिलबन्दी गरेको छ ।









