ओखलढुंगा। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा गर्भवती महिलालाई अण्डा उपहार दिन थालिएको छ । गाउँपालिका भित्रका स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गराउने गर्भवती महिलालाई अण्डा उपहार दिने गरिएको हो ।

हाल उक्त गाउँपालिकाको वडा नं.५ मा यो कार्यक्रम चलिरहेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पु¥याउन तथा नियमित गर्भ परीक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले तत्कालीन मानेभञ्ज्याङ गाविसको सहयोगमा सगरमाथा आमा समूहले २०६८ सालदेखि यो अभियान सञ्चालन गर्दै आएको छ ।

गर्भवती महिलाले नियमीत रुपमा ४, ६, ८ र ९ महिना गरि चार पटक अनिवार्य गर्भ जाँच गराउनुपर्ने हुन्छ । पहिलोपटक गर्भ जाँच गराउँदा ४, दोस्रोपटक गराउँदा ६, तेस्रोपटक गराउँदा ८ र चौथोपटक गराउँदा ९ वटाका दरले अण्डा उपहार दिने गरिएको समूहकी अध्यक्ष माया राईले बताइन् । पहिलोपटक गर्भ जाँच गराउँदा ४, दोस्रोपटक गराउँदा ६, तेस्रोपटक गराउँदा ८ र चौथोपटक गराउँदा ९ वटा अण्डा उपहार दिने गरिएको छ।

गर्भवती महिलालाई नियमित गर्भ परीक्षण र स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन गर्ने उदेश्यले उपहार स्वरुप अण्डा दिन थालिएको राईको भनाई छ । हाल गाउँपालिकाको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । करिब ८ वर्षको अवधिमा ४ सय ५८ गर्भवतीले आफ्नो गर्भ जाँच गरार्इ सकेको समूहकी सचिव भावना राईले बताईन् ।

यस अभियानले गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र आफ्नो स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन पुगेको मानेभञ्ज्याङ गाउँपालिकाका स्वास्थ्य संयोजक विश्वराज दाहालले बताए । एक अध्यनअनुसार मानेभञ्ज्याङ गाउँपालिकाका ७० प्रतिशत महिलाहरु स्वास्थ्य चौकीमै सुत्केरी हुने गरेको उल्लेख गरिएको छ ।

बाँकी महिला जिल्लाका अन्य बर्थिङ सेन्टरमा सुत्केरी हुने गरेको अनुमान छ । चालू आर्थिक वर्षदेखि गाउँपालिकाका सबै वडामा यो अभियान सञ्चालन गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष सविता राईले बताईन् ।