ललितपुर। गतबर्षहरु झै यस बर्षपनि तिहारमा मालाको राम्रो व्यपार हुने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

फ्लोरिकल्चर एशोसिएसन, ललितपुरले तयार पारेको तथ्याङ्क अनुसार यस बर्ष फूलको मालाको व्यापार लगभग १० करोड बराबरको हुनेछ । यसमध्ये तिहारको लागि सवैभन्दा बढि  सयपत्री तथा मखमली फूलको कारोबार हुने जनाईएको छ ।

एशोसिएसनका वरिष्ट उपाध्यक्ष मिन बहादुर तामाङका अनुसार तिहारमा अनुमानित २२ लाख मालाको माग रहेको छ । जुन तिहारमा मात्रै खपत हुनेछ ।

जसमध्ये १५ लाख सयपत्री मालाको कारोबार हुने देखिएको तामाङले जानकारी दिए । उनका अनुसार २० प्रतिशत अर्थात ३ लाख माला आयात गर्नुपर्ने अवश्था रहेको छ । बाँकी आन्तरिक आपुर्ति १२ लाख मालाबाट हुनेछ । त्यस्तै ७ लाख मखमली मालाको कारोबार  भने नेपालमै उत्पादित मालाले धान्ने उहाँले बताउनुभयो ।

मखमली मालाको व्यवसायिक खेति भक्तपुर र ललितपुरका विभिन्न स्थानमा थुप्रै किसानले गर्दै आएका छन् ।

तिहार अवधी भर झण्डै ९ करोड २५ लाखको व्यवसायीक मालाको कारोबार हुने अनुमान गरिएको तामाङले बताउनुभयो । यसमा छिटपुटमा मालाको कारोबार जोड्दा १० करोड पुग्ने उहाँको दावी छ ।

सयपत्री फूलको व्यवसायीक उत्पादन भएका जिल्लाहरुमा धादिङ्ग, चितवन, धनुषा, मकवनपुर, झापा, काभ्रे, काठमाण्डौ, भक्तपुर ललितपुर लगायतका पदर्छन । तिहारमा गोदावरी फूलको माला लगभग १० हजारको हाराहारीमा हुने एसोसिएसनले जनाएको छ ।

सयपत्री फूलको मालाको बार्षिक कारोबार :
अनुमानित प्रति दिन १७,००० मालाको खपत
प्रति बर्ष ६१,२०,००० माला खपत
प्रति माला सरदार थोक मुल्य रु.५०
एक बर्षमा रु.३०.६० करोड हुने (तिहार पर्व बाहेक)
तिहारका लागि हुने अनुमानित कारोबार रु. ९.२५ करोड
सयपत्री फूलको बार्षिक कारोबार झण्डै रु.३९.८५ करोड

मखमली फूलको मालाको बार्षिक कारोबार :
७ लाख मखमली मालाको कारोबार ( ५ लाख आन्तरिक खपत र २ लाख निर्यात )
प्रति माला सरदार थोक मुल्य रु.२५
शत प्रतिसत आत्मनिर्भर