पर्वत । पर्वतको फलेबास नगरपालिकाले बेमौसमी तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहन गर्नको लागी प्लाष्टिक टनेल बनाउने कृषकलाई निःशुल्क प्लाष्टिक बितरण गरेको छ ।

कार्यक्रमको लागी टनेल तयार भएपछि मात्रै आवश्यक पर्ने प्लाष्टिक निःशुल्क दिन थालेको हो ।

प्लाष्टिक बितरणले ब्यबसायिक रुपमा तरकारी खेती गर्न चाहने कृषकहरु अनुदानबाट सबैभन्दा बढी लाभान्वित भएको फलेबास नगरपालिका प्रमुख पदमपाणी शर्माले बताउनुभयो ।

खेती नगर्नेलाई अनुदान दिदा दुरुपयोगको खतरा हुने भएकोले प्लाष्टिक घर बनाएपछि अनुदान दिने अभियान चलाइएको नगरपालिका प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।

नगरपालिकाले गत आर्थिक बर्षमा १० लाख भन्दा बढी बजेट प्लाष्टिक टनेल खरिदमा खर्च गरेको छ । यस आर्थिक बर्षमा कृषि कार्यक्रमका लागी ६५ लाख रुपैया बजेट बिनियोजन भएको छ ।

बिनियोजित बजेटबाट साना सिंचाई, यान्त्रिकरण, टनेल, बिरुवा, बिउ खरिद गर्ने लक्ष्य रहेको कृषि शाखा प्रमुख नारायण पौडेलल जानकारी दिनुभयो ।