धनकुटा। धनकुटामा जलवायु परिवर्तन अनुकूलित नमुना गाउँ कार्यक्रम सुरु भएको छ ।

धनकुटा नगरपालिकाको वडा नम्बर १ निगालेमा यो कार्यक्रम सुरु भएको हो । यहाँका १४० घरमध्ये पहिलो चरणमा ५० घरमा यो कार्यक्रम लागू गरिएको छ ।

यी घरमा पूर्वाधार तयार पारी सुधारिएको चुलो, प्लास्टिक टनेल, प्लास्टिक पोखरी, गोठ सुधार, थोपा सिँचाइलगायतका कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै गाउँका १४० परिवारलाई प्रतिपरिवार ४ वटाका दरले एभोकाडोको बिरुवासमेत वितरण गरिएको छ ।

करिब ४३ लाख रुपैयाँको लागतमा सुरु गरिएको सो कार्यक्रममा स्थानीयको २२ लाख, वातावरण विभागको २० लाख तथा धनकुटा नगरपालिकाको एक लाख रुपैयाँ लगानी रहेको छ ।

सो गाउँको बाँकी परिवारमा भने चालू आर्थिक वर्षबाट कार्यक्रम सुरु गरिने धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए ।